Websoft University

www.radiomakalu.com || 021-522512


संविधान कार्यान्वयन नै काँग्रेसका लागि महत्वपूर्णः पौडेल

विराटनगर, असार १८ गते । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार परिवर्तनभन्दा पनि संविधान कार्यान्वयन नै काँग्रेसका लागि महत्वपूर्ण रहेको बताएका छन् ।
ramchandra paudel


विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले सरकार परिवर्तनका सम्बन्धमा पार्टीभित्र कुनै छलफल नभएको स्पष्ट पारे । सत्ताभन्दा पनि संविधान कार्यान्वयनतर्फ दलहरुको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए ।

उनले स्थानीय निकायको निर्वाचन आवश्यक छ भन्दै संविधानको संरचना अनुसार नै सबै निर्वाचन हुनुपर्ने बताए । संविधान पुनः लेखनका कुरा सम्भव नभएको बताउँदै नेता पौडेलले संविधान संशोधन गरेर मधेसी मोर्चाका माग सम्बोधन गर्न सकिने बताए ।
सरकारले वार्ताका लागि पत्र पठाएकाले अब मोर्चालाई वार्ताको माध्यमबाट समस्या समाधानका लागि अग्रसर हुन आग्रह गरे ।- रातोपाटीबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget