Websoft University

www.radiomakalu.com || 021-522512


भूकम्पपीडित बालबालिकाले पुनः सहयोग पाउने



काठमाडौं, साउन २ गते । विसं २०७२ को भूकम्पबाट प्रभावित अत्याधिक जोखिममा परेका बालबालिकाले प्राथमिकताका आधारमा पुनः सहयोग पाउने भएका छन् ।


Lamgung One Year-After-a-Devastating-Earthquake (15)

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय र केन्द्रीय बालकल्याण समितिले बालबालिका वा परिवारको स्थिति सुधारका लागि थप सहयोग गर्ने भएका हुन् ।

समितिले पहिलो चरण अन्तर्गत भूकम्प प्रभावित १४ जिल्लाका अत्याधिक जोखिममा परेका २१ हजार बालबालिकालाई प्रतिव्यक्ति रु पाँच हजारका दरले स्वास्थ्य, शिक्षा र पारिवारिक सहयोगका लागि रकम दिइसकेको छ ।
समितिको हालसम्मको तथ्याङ्कानुसार ४१ हजार ९२६ बालबालिका भूकम्पबाट प्रभावित छन् । सबैभन्दा बढी सिन्धुपाल्चोकमा एक हजार तीन सय छन् । सो तथ्याङ्कबाट समितिले पुनः प्राथमिकता दिई दोस्रो चरणको सहयोग गर्न लागेको परियोजना अधिकृत केशव चालिसेले जानकारी दिए ।

दोस्रो चरणको सहयोगमा करिब ४२ हजारमध्येबाटै प्राथमिकीकरण गरी करिब एक हजार जनालाई रु पाँच हजारका दरले भदौ महिनादेखि रकम वितरण गरिने छ । त्यसैगरी समितिले १४ जिल्लामा विभिन्न सरोकार भएका निकायसँग समन्वय गरी प्रभावकारी ढङ्गबाट बाल संरक्षणार्थ योजना निर्माण तथा सहयोग वितरण कार्य समेत सञ्चालन गर्ने छ ।

भूकम्पबाट प्रभावित बालबालिकालाई पहिलो प्राथमिकता परिवार, समाज वा आफन्तकहाँ स्थापित गर्ने र त्यसो हुन नसकेमा केन्द्रीय बालकल्याण समितिको समन्वयमा बलागृहमा राख्ने गरिएको महिला मन्त्रालय, बाल संरक्षण शाखा प्रमुख डा. किरण रूपाखेतीले जानकारी दिए ।

भूकम्प वा अन्य कारणबाट बाबु र आमा दुवै गुमाएका, बाबुआमामध्ये कोही एक गुमाएका, बाबुको मृत्यु भएको, आमाले अर्को विवाह गरेको लगायतका आधारमा बालबालिकाको पुनः प्राथमिकीकरण गरी सहयोग वितरण गरिने परियोजना अधिकृत चालिसेको भनाइ छ । बालकल्याण समितिले सडक बालबालिकाको व्यवस्थापन र द्वन्द्वप्रभावित बालबालिकाको सम्बन्धमा समेत काम गर्दै आएको छ ।

यसैबीच समितिले पछिल्लो पटक देशैभरि रहेका बालगृहको अनुगमनलाई तीव्र बनाएको कार्यकारी निर्देशक तारक धितालले जानकारी दिए । समितिले २०७२ साउनदेखि २०७३ वैशाखसम्म ३६० बालगृहमा गरेको अनुगमनका क्रममा १३ बालगृह मापदण्ड विपरीत सञ्चालन भएको पाइएको छ । समितिले ती बालगृहबाट १७८ बालबालिकालाई उद्धार समेत गरिसकेको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget