काठमाडौं,साउन ६ गते । म्यानचेष्टर सिटीको प्रशिक्षणका रुपमा पेप ग्वार्डिओलाको यात्रा हारबाट सुरु भएको छ ।
प्रि सिजन खेलका क्रममा सिटीले ग्वार्डिओलाका पूर्व क्लब बार्यन म्युनिखसँग खेलेको थियो । तर, १-० ले पराजित भएको छ ।
युरो कप र कोपा अमेरिकाका कारण दुबै टिमले आफ्नो महत्वपूर्ण खेलाडी गुर्माका थिए । ग्वार्डिओलाको टिममा १२ जना एकेडेमीका खेलाडी थिए । सिटीका नयाँ अनुवन्धित जिनचेन्को पहिलो हाफमा खेले तर, नोलिटो र गोन्डोगनलाई ग्वार्डिओलाले खेलाएनन् ।
घरेलु मैदानमा भएको खेलमा बार्यन म्युनिखलाई जित दिलाउने क्रममा ओजटोकले गोल गरे ।- अनलाइनखबरबाट
Post a Comment