Websoft University

www.radiomakalu.com || 021-522512


काँचो सुनचाँदी ल्याउन प्रतिबन्ध लगाउने निर्णयप्रति प्रधानमन्त्रीलाई प्रवासी नेपालीहरुको पत्र



साउदी अरब – नेपाल सरकारको भंसार विभागले श्रावण १ गतेदेखि विदेशबाट काँचो सुनचाँदी ल्याउन प्रतिबन्ध लगाउने गरेको निर्णयप्रति प्रवाशी नेपालीहरुले आपत्ती जनाउदै प्रधानमन्त्रीलाई खुल्लापत्र मार्फत खारेज गर्न माग गरेका छन् ।

वैदेशिक रोजगारका क्रममा तथा आवासियरुपमा विदेशमा रहेका प्रवासी नेपालीहरुको संस्था नेपाली साझा मंच मार्फत उनीहरुले सुनचाँदीका तयारी गहना मात्रै नेपाल ल्याउन दिने नीति प्रवासीहरुलाई पीडा दिने र तस्करहरुलाई फायदा हुने भएको खुल्ला पत्रमा ठहर गर्दै खारेज गर्न माग गरेका हुन् ।

सानो विषयबाट प्रवासी नेपालीहरुको भावनामा ठुलो ठेस पुगेको उल्लेख गर्दै उनीहरुले नेपालको कुल ग्राहस्थमा ३० प्रतिशत भन्दाबढी योगदान दिने, नेपालकै बजेट बराबर रेमिटेन्स भित्राउने अनि नेपालका ५६ प्रतिशत घरधुरीलाई धानेर महत्वपूर्ण योगदान पुराई रहेका अझ भारतीय नाकाबन्दीका बेला पनि रेमिटेन्स मार्फत राष्ट्रको स्वाभिमान जोगाउन महत्वपूर्ण सहयोग गरेका वैदेशिक रोजगारमा रहेका प्रवासी नेपालीहरुलाई किन अवहेलना र अपमान गरिएको हो ? प्रश्न गर्दै भंसार विभागको नयाँ नीति खारेज गरेर साविककै नीति कार्यान्वयन गराउन माग गरेका छन् । पत्रमा तस्करमूखी नीति ल्याउनेहरुलाई कारवाही गर्न पनि प्रधानमन्त्रीसंग माग गरिएको छ ।

खुल्ला पत्रमा उनीहरुले भंसारतिरेर वा छुटमा तयारी गहना मात्रै ल्याउन दिने नीतिले नेपाली राष्ट्र र जनताप्रति पनि घात र तस्कर तथा व्यापारीहरुको मात्रै हीत गर्दछ भन्दै सुन चाँदीका गहना बनाएर मात्रै ल्याउन पाउने नीति कुनै पनि कोणबाट उपयुक्त नभएको उल्लेख गरेका छन् । उक्त नीतिले सामाजिक, साँस्कृतिक र आर्थिक क्षेत्रमा समेत प्रतिकुल असर पर्दछ ।

प्रवासी नेपालीहरु काँचो सुनचाँदीप्रति आकर्षित हुनुको मूख्य कारण शुध्द प्राप्त गर्ने र विक्री गर्दा कुनै पनि प्रकारको ह्रास कट्टी नभई बजार मूल्य प्राप्त गर्नुलाई मान्छन् । काँचो सुनचाँदी प्रतिको अर्को आकर्षण हो आवश्यक परेका समयमा गहना बनाउने वा सहजै नगदमा विनिमय गर्न सक्नु । घरपरिवारको इच्छा अनुसार शुद्ध सुनचाँदीको गरगहना बनाउनु । त्यसैगरी अर्को मुख्य आकर्षण विदेशी मुद्राको सटहीको झन्झटिलो प्रकृया र विनिमय दर कम हुनुको कारण सुनचाँदी ल्याउन चाहान्छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई पठाएको खुल्ला पत्रमा काँचो सुनचाँदी प्रतिबन्ध र तयारी गहना ल्याउन दिने नीतिले सुनचाँदीका नेपाली कालीगढहरुको पेटमा लात हाने काम गरेको आरोप लगाएका छन् । तयारी गहना ल्याउनु पाउने नीतिले विदेशी कला संस्कृति अनुरुपका गहना ल्याउन बाध्य भएपछि नेपाली कला संस्कृति अनुरुपको गहना विस्तारै लोप हुने पनि उनीहरुले चिन्ता गर्दै गहना ल्याउन पर्ने बाध्यताले समाजमा भड्किलो संस्कृतिको विकास गर्ने त्यसले पारिवारिक र सामाजिक असुरक्षा र ठगी, चोरी डकैती, हत्या, आतंक जस्ता प्रवृत्तिलाई प्रोत्साहित गर्ने उल्लेख छ । काँचो सुनचाँदी ल्याउन नदिने नीतिले विहे लगायतका शुभकार्जेमा व्यापारीहरुसंग नै पूर्णरुपमा निर्भर हुनु पर्दछ र यसबाट काँचो सुनचाँदीको अभाव हुँदा र तस्करी मौलाउने र व्यापारीहरुको मनोपली हुने पनि उल्लेख छ ।

उक्त खुल्ला पत्र अमेरिका, युके, जर्मन, इटली, इजरायल, बहराईन, कुवैत, कतार, दुबई, साउदी अरब, मलेसिया लगायतमा रहेका प्रवासी नेपालीहरुले सयुंक्त रुपमा नेपाली साझा मंच मार्फत असार १६ गते सामाजिक संझाल मार्फत सो खुल्ला पत्र सार्वजनिक गरेका हुन् । मंचका अन्तर्राष्ट्रिय अभियन्ता महेश श्रेष्ठका अनुसार सो खुल्ला पत्र “सिधा कुरा प्रधानमन्त्रीसंग” टेलिभिजन कार्यक्रममा र “हेलो सरकार”को फेसबुक पेजमा प्रेषित गरिएको छ । त्यसैगरी भंसार विभागलाई समेत इमेल पठाईएको छ ।

भंसार विभागले जारी गरेको नयाँ नीति अनुसार श्रावण १ गतेबाट विदेशबाट फर्केका नेपालीहरुले तयारी सुनचाँदीका गहना बाहेक छापावाल काँचो सुनचाँदी ल्याउन पूर्णरुपमा प्रतिबन्ध लगाएको छ ।


रातोपाटीबाट  

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget