Websoft University

www.radiomakalu.com || 021-522512


आतंकवादको बर्बर नमूनाः ट्रकले किचेर ८४ को हत्या

france_truck_attack

काठमाडौं, असार ३१ गते । अन्तर्राष्ट्रिय चरमपन्थी आतंकबादीहरुले निहत्था मानिसमाथि गर्ने बर्बर आक्रमणको रणनीतिमा केहि परिवर्तन गरेको छ ।

फ्रान्सको दक्षिण शहर नीसमा बास्टिल डे मनाइरहेका सयौं फ्रान्सेलीको भीडमा एक ट्रक छिरेर दिएको ठक्करमा कम्तिमा ८४ जनाको मृत्यु भएपछि आतंकबादीको यस्तो रणनीति सार्वजनिक भएको हो ।

नीस शहरमा बसिरहेका ट्युनिशियाली नागरिकले एउटा लरी (लामो ट्रक) मानिसहरु जम्मा भएको ठाउँमा घुसाएका थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मानिसको भीडको बीचबाट लरी झण्डै साँढे दुई किलोमिटर गुडेको थियो ।

घटनामा परि सयौं मानिस घाइते भएका छन् र उनीहरुमध्ये १८ जनाको अवस्था गम्भीर रहेको फ्रान्सको गृह मन्त्रालयले जानकारी दिएको छ ।

फ्रान्सेली प्रहरीले चालकलाई गोली हानेर मारेपछि मात्र लरी रोकिएको थियो । ट्रकमा बन्दुक तथा ग्रेनेड बरामद भएको स्थानीय अधिकारीले पुष्टि गरेका छन् ।

नीसका मेयर क्रस्टियन एस्ट्रोसीका अनुसार ट्रकका चालकले मानिसहरुलाई सुनियोजित रुपमा मारेको जस्तो देखिएको छ । प्रत्यक्षदर्शीका अनुसार उनीहरुले गोली चलेको आबाज सुनेका थिए । र, सडकमा रहको मानिस धेरै डराएर भागेका थिए ।

फ्रान्सेली राष्ट्रपति फ्रान्स्वाँ ओलन्दले यो घटना आतंकबादी हमला भएको बताउँदै अझै तीन महिना संकटकाल जारी राखिने बताएका छन् । प|mान्समा गत वर्ष पेरिस हमाला पति आपतकाल लागू गरिएको थियो जुन अहिलेसम्म लागू छ ।

राष्ट्रपति ओलान्दले फ्रान्स इस्लामिक आतंकबादीको खतराबाट अझै मुक्त भइनसकेको प्रष्ट्याएका छन् । साथै उनले फ्रान्सले सिरिया र इराकमा गर्दै आएको संयुक्त सैन्य कार्बाही जारी राख्नेपनि बताएका छन् ।-एजेन्सीको सहयोगमा


Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget