Websoft University

www.radiomakalu.com || 021-522512


एमबिबिएसको शुल्क बढाउने सरकारको तयारी

medical edu

काठमाडौं– सरकारले आउदो शैक्षिक सत्रदेखि एमबिबिएसको शुल्क बढाउने भएको छ । मन्त्री परिषद्को अब बस्ने बैठकले योजना आयोगका पूर्व सदस्य डा. शिवकुमार राईको संयोजकत्वमा शुल्क पुनरावलोकन समिति गठन गर्न लागेको स्रोतले जनाएको छ ।

असार २१ गतेको शिक्षामन्त्री स्तरीय निर्णय गरेर राईको संयोजकत्वमा सात सदस्यीय समिति बनाउन मन्त्री परिषद्मा प्रस्ताव पठाएको छ । समितिमा त्रिभुवन विश्वविद्यालय चिकित्सा सास्त्र अध्ययन संस्थान (आइओएम)का डीन, काठमाडौं विश्वविद्यालय चिकित्सा शिक्षाका डीन, आइओएमका प्राध्यापक एवं चिकित्सा शिक्षाबिद् डा. जगदिशप्रसाद अग्रवाल, प्राइभेट मेडिकल तथा डेण्टल कलेज एशोसियनका प्रतिनिधि, इन्टिच्यूट अफ चार्टर एकाउण्टेन्टका प्रतिनिधि र शिक्षा मन्त्रालयका प्रतिनिधि लगायत रहेका छन् ।

‘एमबीबीएसको शुल्क पुनरावलोकन गर्ने समिति बनाउने प्रस्ताव शिक्षाले पेश गरेको छ,’ मन्त्रीपरिषद् कार्यालय स्रोतले भन्यो, ‘अब बस्ने बैठकमा यो निर्णय हुदैछ ।’
यसअघि उपत्यकाभित्रका लागि ३५ लाख रुपैयाँ र उपत्यका बाहिरका लागि ३८ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको थियो । पहिलो बर्ष पुनरवालोकन गर्ने निर्णय अनुसार यो पटक मुद्रा स्फिर्तिको आधारमा शुल्क पुनरावलोकन गर्न समितिको कार्यक्षेत्र तोकिएको छ ।

तर, निजी मेडिकल कलेजले अघिल्लो वर्ष पनि निर्धारण गरिएको शुल्क भन्दा बढी असुलेका थिए । उपत्यकाकै केही मेडिकल कलेजले ५० लाख रुपैयाँसम्म शुल्क लिएका थिए । युनभर्सले मेडिकल कलेजले १० लाख बढी र किष्ट मेडिकल कलेजले शुरुमै ४४ लाख ५० हजार मागेको गुनासो विद्यार्थीहरुले गरेका थिए । विद्यार्थीले शुल्क किस्ताबन्दीमा तिर्न पाउने भनिएपनि सम्पूर्ण शुल्क शुरुमै तिर्नुपरेको थियो ।-स्वास्थ्य खबरपत्रिका

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget