Websoft University

www.radiomakalu.com || 021-522512


नियमित बजार अनुगमन नगर्ने कर्मचारीलाई पनि कारवाही हुन्छ : आपूर्तिमन्त्री



काठमाडौ, असार २५ गते । आपूर्ति मन्त्री गणेशमान पुनले देशैभरी बजार अनुगमन कार्यलाई तिब्रता दिने घोषणा गर्दै बजार अनुगमन नगर्ने कर्मचारीमाथि समेत कारवाही गर्ने चेतावनी दिएका छन् ।



रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘राजधानीमा चलाईएको साताब्यापी विशेष बजार अनुगमनको क्रममा गुणस्तरहिन र अखाद्य बस्तु विक्री वितरण भईरहेको फेला परेकोले मन्त्रायले अब जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको अनुगमन समितिलाई सक्रिय बनाएर देशै भरी एकैपटक अनुगमन कार्य सुरु गर्छ । यसक्रममा गैरकानूनी काम गर्नेलाई पनि कारवाही हुन्छ, अनुगमन नगर्नेलाई पनि कारवाही हुन्छ ।’

मन्त्री पुनले आगामि आर्थिक बर्षबाट उपभोक्ता हित संरक्षण र बजार अनुगमन अभियान थाल्ने स्पष्ट पार्दै मन्त्रालय अहिले कारवाहीमा देखिएको फितलो कानून र अन्तर मन्त्रालय समन्वयमा देखिएको समस्या हल गरेर एकीकृत अनुगमन अभियान थाल्ने योजनामा सक्रिय रहेको जानकारी दिए ।

उनले राजधानीमा एक साता सम्म गरिएको अनुगमन अभियानपछि पनि त्यसको पुन निरिक्षण गरेर उपयूक्त बातावरण तयार नगरेसम्म सञ्चालन गर्न नदिने चेतावनी दिदै बजार अनुगमन र कारवाही चानचुने ढंगले नहुने भएकोले यसलाई सबै मन्त्रालय र निकायहरु मिलेर एकीकृत रुपमा अघि बढाउनु पर्ने आवश्यकता औल्याए ।

मन्त्री पुनले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यास सामान्य अवस्था भन्दा बढी आयात गरिएकोले समान्य भईसकेको भन्दै राजधानीमा तत्काल देखिएको अभाव विदाको दिनमा पनि वितरण गर्ने ब्यवस्था मिलाएर सहज बनाउन लागिएको बताए ।

उनले भने,‘ ग्यास अभाव हुन नदिन पारादिपबाट समेत ग्यास आयात गर्ने प्रक्रिया अघि बढीसकेको छ । अब पेट्रोलियम पदार्थको कृत्तिम अभावको विषयमा पनि अनुगमन सुरु गर्छौ ।’

मन्त्री पुनले बजारमा देखिएको बेथिति, अनुगमन र कारवाही जनयूद्ध लड्नु जत्तिकै जटिल रहेको आफूले महसुस गरेको अनुभव सुनाउँदै यो कार्य कठिन भएकोले अब बजार अनुगमनलाई जनयूद्ध जस्तै अघि बढाउने बताए । उनले भने,‘ कुनै पनि कामको दुई आयाम हुन्छ । जनयूद्ध जटिल थियो । बजार अनुगमन पनि जटि छ । यो नै जनयूद्ध हो ।’

संविधानको कार्यान्वयन, शान्ति प्रक्रियालाई निष्कर्समा पुर्याउने, भुकम्पपछिको पुनर्निर्माण र आर्थिक विकासको एजेण्डालाई संबोधन गर्न राष्ट्रिय सहमतिको आवश्यकता रहेको मा जोड दिदै अहिले को ब्यक्तिको नेतृत्मा राष्ट्रिय सहमति भन्दा पनि मुद्दा संबोधनमा राष्ट्रिय सहमतिको कुरा महत्वपूर्ण रहेको उनले तर्क गरे ।

मन्त्री पुनले आफ्नो कार्यशैलीलाई लिएर पार्टी भित्र फिर्ता बोलाउने विषयमा कुनै छलफल नभएको दावी गर्दै काम गर्ने क्रममा कहिले काही पर्फमेन्स तलमाथि हुनु स्वभाविक रहेको तर्क गरे ।

नेपाली काग्रेसका यूवा नेता एवम एपेक्स डेभलपमेन्ट बैंकका अध्यक्ष विष्णु प्रसाद धितालले ब्यापारीहरुलाई पूर्व जानकारी दिएर बजारको अनुगमन गरेर मन्त्रीले चर्चा मात्रै कमाउने योजना बनाएको आरोप लगाउँदै यसखाले बजार अनुगमनले उपलब्धि प्राप्त नहुने दावी गरे ।, रातोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget