Websoft University

www.radiomakalu.com || 021-522512


दुई पटक मिति तोकेर पनि स्थगित भएको सातौँ राष्ट्रिय खेलकुद अब मङ्सिरमा



काठमाडौँ,साउन ३ गते । दुई पटक मिति घोषणा भए पनि बजेटको समस्या र मधेस आन्दोलनका कारण स्थगित भएको सातौँ राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ ।



सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आइतबार बसेको राष्ट्रिय खेलकुद परिषद् राखेपको १०६औँ बोर्ड बैठकले राष्ट्रिय खेलकुदको नयाँ मिति तोकेको हो ।

राखेप अध्यक्ष युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलको अध्यक्षतामा बसेको बैठकले सातौँ राष्ट्रिय खेलकुद मङ्सिर ८ देखि १५ गतेसम्म पूर्वाञ्चलमा गर्ने निर्णय गरेको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिए ।

यसअघि पहिलो पटक सातौँ राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा गत वर्षको मङ्सिर ११ देखि १८ गतेसम्म हुने भनिएको थियो । दोस्रो पटक गत वर्षकै फागुन १८ देखि २३ गतेलाई तय भएको थियो ।

त्यस्तै बैठकले १३औँ दक्षिण एसियाली खेलकुद सागको तयारीका लागि राखेपले तयारी डेस्क स्थापना गर्ने निर्णय गरेको छ ।
भारतमा गत फेब्रुअरी १६ तारिखमा सम्पन्न १२औँ सागको समापनका अवसरमा नेपाललाई १३औँ साग आयोजनाका लागि झन्डा हस्तान्तरण गरिएको थियो ।- रातोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget