Websoft University

www.radiomakalu.com || 021-522512


बलात्कार प्रयासको आरोपमा युवक पक्राउ





भीमदत्तनगर, साउन २ गते । १४ वर्षीया किशोरीलाई जबर्जस्ती बलात्कार गर्न खोजेको आरोपमा कञ्चनपुरको बेलारी नगरपालिकाका एक युवक पक्राउ परेका छन् ।


बेलौरी नगरपालिका– ४ खिरिया बस्ने ४२ वर्षीय दीपक ठकुल्लाले भान्सामा खाना पकाइरहेकी किशोरीलाई जबर्जस्तीको प्रयास गरेपछि प्रहरी खोरमा पुगेका हुन ।

इलाका प्रहरी कार्यालय बेलौरीका अनुसार घरमा कोही नभएको बेला खाना पकाइरहेकी ती किशोरीलाई ठकुल्लाले जबर्जस्ती बलात्कारको प्रयास गरेका थिए । शनिबार घटनाबारे बालिकाले घरका अन्य सदस्यलाई जानकारी गराएपछि आफन्तले प्रहरीमा उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा ठकुल्लालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक भरत चौधरीले जानकारी दिनुभयो । रासस
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget