Websoft University

www.radiomakalu.com || 021-522512


कास्कीको लेखनाथमा नक्कली बम आतंक



पोखरा, साउन १० गते। विप्लप माओवादीले आहृवान गरेको नेपाल बन्दकै दिन सोमबार एकाबिहानै कास्कीको लेखनाथमा बम आतंक मच्चिएको छ ।
Pressure-cooker
लेखनाथ-१३ लामेआहालमा भेटिएको शंकास्पद बस्तु नेपाली सेनाको पोखरास्थित कालिभञ्ज्याङ्ग गण र सिद्धिबक्स गणबाट गएको टोलीले अनुसन्धान गर्दा बम नरहेको प्रमाणित भएको हो ।

पृथ्वी राजमार्ग भन्दा करीब २० मिटर तल विहान करीब साढे ६ बजे स्थानीयले शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै पुगेको प्रहरी टोलीले झोला भित्र प्रेसर कुकर राखेर छाडेको अवस्थामा देखेपछि बम डिस्पोजल टोलीलाई बोलाएको थियो ।

त्यसलगत्तै सेनाको बम डिस्पोजल टोलीले कुकरभित्र भुम्रो कोचेर बाहिर करीव १० मिटरको तार जोडिएको अवस्थामा फेला पारेको थियो । सुरक्षा निकायले सर्वसाधारणलाई तर्साउने नियतले कुकर र तार राखिएको हुनसक्ने आशंका गरेको छ ।

तर नेकपा माओवादी विप्लव समूहले आहृवान गरेको बन्दकै दिन शंकास्पद वस्तु भेटिनुलाई आफुहरुले गम्भीर रुपमा लिएको कास्कीका डिएसपी गजुसिद्धि बज्राचार्यले जनाएका छन् ।-सन्देश श्रेष्ठ, अनलाइनखबरबाट
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget