Websoft University

www.radiomakalu.com || 021-522512


गुटबन्दीमा रुमल्लिएको आधिकारिक ट्रेड युनियन


bikas-giri
विकास गिरी
गुटको राजनीतिले मान्छेलाई यतिसम्म अन्धो बनाइदि‘दोरहेछ कि ऊ बिधि बिधान, मूल्य मान्यता, योग्यता क्षमता केही पनि स्वीकार गर्न तयार नहु“दोरहेछ । कुतर्कका ठेली बोकेर कुर्लने जमात खडा गर्दोरहेछ । नेपालको राजनीतिक बृत्तमा देखिएको यो अभिषाप क्रमशः कर्मचारी बृतमा छताछुल्ल गरी देखिएको छ । बर्षौदेखिको चाहनाको फलस्वरुप प्राप्त भएको ऐतिहासिक आधिकारिक ट्रेड युनियनको उपलब्धी गुम्ने खतरा बढदै गईरहेको छ । नेपालको निजामती प्रशासनमा जिम्मेवार अनि जवाफदेही ट्रेड युनियनको रुपमा रहेको नेपाल निजामती कर्मचारी संगठन आज बिधि बिधान र मूल्य मान्यता नमान्नेहरुको जमातको घेराबन्दीमा परेको प्रष्टै अनुभूती गर्न सकिन्छ ।


ऐतिहासिक आधिकारीक ट्रेड युनियन निर्वाचन

निजामती सेवा ऐन तथा नियमावलीमा ब्यवस्था भएको आधिकारिक ट्रेड युनियनको निर्वाचन बिगत लामो समय देखी कर्मचारीको प्रमुख मागको बिषय थियो । अघिल्ला सवै सरकारको बचनबद्धता भएता पनि ओली नेतृत्वको सरकारले निर्वाचन गराएरै छाड्यो । आधिकारिक ट्रेड युनियनको निजामती प्रशासनमा कमसेकम ३ वटा युनियनले मात्र प्रतिनिधित्वको हैसियत प्राप्त गरे । प्रशासकहरुलाई पनि खुशीकै कुरा भयो कि अव एउटासंग मात्र नेगोसियसन गर्न पर्ने भयो नत्र भने बिभिन्न नामधारी ८ वटा संगठन र तीनका दादागीरीले वाक्कदिक्क बनाएको थियो । करिव २ सय कर्मचारी ट्रेड युनियन काजको सुबिधा प्रयोग गर्दै हल्लिएर खाएका थिए । जनताको करबाट तलब खाने कर्मचारीको यस किसिमको आचरणबाट प्रशासनयन्त्र आजित भएको थियो । वर्तमान सरकारलाई धन्यवाद दिनै पर्छ । कम्तिमा ऐन कानुनमा भएको ब्यवस्था अनुरुप ब्यवस्थित र मर्यादित बनाउने कार्य गरेको छ ।

अधिकारिक ट्रेड युनियन गठन

निजामती सेवा नियमावलीमा ब्यवस्था भएअनुसार यसको संरचना सबै क्रियाशील ट्रेड युनियनको प्रतिनिधित्व सुनिश्चित होस् भनी बनाइएको छ जस्तो देखिन्छ, नियमावलीको दोश्रो संशोधनमा प्रतिनिधित्वको लागि कम्तीमा २० प्रतिशत मत ल्याउनै पर्ने ब्यवस्था थियो, निजामती सेवामा सा“च्चै क्रियाशील ट्रेड युनियनमात्रै सहभागी होउन र छरितो संगठन होस् भनि यस किसिमको ब्यवस्था गरिएको थियो । तर माओवादी निकट कर्मचारी संगठनको दवावका कारण यसलाई १०प्रतिशतमा झारियो । कुल ४४ प्रतिशत मतका साथ कुल ११७ जिल्ला विभागीय कार्यसमितिमध्ये ८० स्थानमा जित हात पारी नेपाल निजामती कर्मचारी संगठन पहिलो स्थानमा आएको छ भने नेपाल निजामती कर्मचारी युनियन संघले ३४ प्रतिशत मत ल्याई दाश्रो र राष्ट्रिय कर्मचारी संगठन कुल १० प्रतिशत मत ल्याई तेश्रो स्थानमा देखिएको छ ।

अन्य युनियनहरुको प्रतिनिधित्व हुन सकेन । जसको आधारमा नेपाल निजामती कर्मचारी संगठनले अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र ८ जना केन्द्रीय सदस्यसहित कुल २१ जनाको कार्यसमितिमा ११ जनाले प्रतिनिधित्व गर्ने ट्रेड युनियन निर्वाचन कार्यालयले जनाएको छ भने, युनियनले एक महासचिव र ६ जना केन्द्रीय सदस्यसहित कुल ७ जनाले प्रतिनिधित्व गर्ने भएका छन् भने । राष्ट्रिय कर्मचारी संगठनले १ सचिव र २ सदस्य गरी ३ जना प्राप्त गरेको छ । तर निर्वाचन कार्यालयको यो निर्णयमा चित्त नबुझी उसले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ ।

नेपाल निजामती कर्मचारीसंगठनभित्र गुटको राजनीति

नेपाल निजामती कर्मचारी संगठनले देशब्यापी जित हात परेको बेला एमालेभित्रकै गुटको राजनीतिको झल्को दिने गरी संगठन पनि अनिर्णयको बन्दी बनेको छ । नेपाल निजामती कर्मचारी युनियनले आफ्ना पदाधिकारी तोकिसकेको अवस्थामा यता नेपाल निजामती कर्मचारी संगठनको पदाधिकारी छान्न बसेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष माथि हातपात हु“दां बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । सार्वजनिक प्रशासनमा मर्यादित र जिम्मेवार संगठनको रुपमा हेरिने नेपाल निजामती कर्मचारी संगठनभित्र भएको यस्तो हर्कतले भविष्यमा पेशागत मर्यादा र मान्यतामा खिया लाग्ने निश्चित छ भने प्राप्त उपलब्धि पनि गुम्ने खतरा बढिरहेको छ ।

देशभरिका ८० जिल्ला विभागीय कार्यसमितिहरुमा सर्वसम्मत नेतृत्व चयन भएका बेला केन्द्रमा यस प्रकारको घटना हुनु जिम्मेवार संगठकको लागि लाजमर्दो बिषय हो । ट्रेड युनियन युनियनमा कर्मचारीको प्रतिनिधित्वको बिषयलाई लिएर एमालेका जिम्मेवार तहका नेताहरु समेत लबिङ्गमा लाग्नु बैठक भॉड्न खोज्नु पक्कै पनि सुखद होइन, कर्मचारीकै विषयलाई लिएर एमालेमा मतमतक्यैता सुरु भएको छ । ट्रेड युनियन निर्वाचनको नेतृत्व गरेका अध्यक्ष पुण्य ढकाललाई हरतरहबाट ट्रेड युनियनमा जानबाट रोक्न माधव नेपाल पक्ष लागिपरेको छ, बानेश्वरको अर्याल होटल र बागबजारको हार्दिक होटल एक महिना पहिलेदेखि नै गुट गर्नका लागि बुक गरिएका थिए । यसको नेतृत्व पूर्व पेशागत इन्चार्ज बिजय पौडेलले गरेका थिए । उनको भनाइ हुन्थ्यो, हाम्रो उम्मेदवार भोला पोखरेल । त्यस्तै सिलसिलाबद्ध भ्रमित समाचार फैलाउन र अरुलाई होच्याई अपमान पूर्ण समाचार लेख्न र छाप्न बिभिन्न अनलाइन मिडियाहरु पनि प्रयोग गरिएका थिए ।

भोला पोखरेलको महत्वाकांक्षा

निजामती सेवामा सायद सवैभन्दा बढी बढुवा खाने भाग्यमानी कर्मचारीमा पर्दछन् भोला पोखरेल, २०५५ सालमा मुखिया स्तरको जागिरबाट सेवा प्रवेश गरेका उनी हाल डिभिजन सहकारी कार्यालय जुम्लामा दरबन्दीमा छन् । सिन्धुपाल्चोक जिल्लाका बढुवाका सम्भावित सबै कर्मचारीलाई सरुवा गराई खरिदार, मुखिया सरुवा गराई सुब्बा हुन सफल भएका हुन उनी, बढुवाको लागि दुर्गमको नम्बर खान जुम्ला दरबन्दी राखेका उनी सहकारी प्रशिक्षण केन्द्रको आरामदायी प्रशिक्षक क्वाटरमा बिगत ७ बर्षदेखि बसिरहेका छन् । कुनै कर्मचारी एकै पदबाट उही पदमा रिटायर्ड हुनुपर्ने निजामती सेवामा उनले ४ वटा बढुवा खाने करिब करिब निश्चित छ ।

नेपाल निजामती कर्मचारी संगठनको छैटौ अधिवेशनबाट महासचिव भएका उनी सातौ महाधिवेशनमा उपाध्यक्ष गणेश बस्यालसंग पराजित भएका थिए, आठौ महाधिवेशनमा पुण्य ढकाललाई हराउ‘दै अध्यक्षमा बिराजमान भए भने नवौ अधिवेशनमा स्वयं पूण्य ढकालस‘ग एकसय मतान्तरले पराजित भए । खासै अध्ययनको पृष्ठभूमि नभएका उनी मुडेबलका भरमा प्रशासकलाई थर्काउने र होच्याउने प्रवृत्तिका कारण कर्मचारी बृत्तमा प्रख्यात छन् । बिभिन्न माल अड्डामा सरुवा गराइदिने र तिनीहरुसंग हप्ता असुली गर्ने उनको प्रमुख कला हो । सायद उनको जीवनशैली देखेर कुनै बैंकको सिईओ नलोभिएला, कोरियन कार, हातमा लेटेष्ट मोडेलको आई प्याड, आईफोन बोक्नु उनको शैली छ ।

निजामती सेवाको एउटा नायव सुब्बा स्तरको कर्मचारीको तलव सुबिधा कति हो यो हामी सबैलाई थाहा भएकै कुरा हो । त्यही जीवन शैलीलाई कायम राख्न उनी जुनसुकै मूल्यमा पनि आधिकारिक ट्रेड युनियनमा जान चाहन्छन् र उनको त्यो महत्वकांक्षालाई एमाले बरिष्ठ नेता माधव नेपाल, सचिव योगेश भट्टराई, र बिजय पौडेलले सघाइरहेका छन् । ट्रेड युनियन निर्वाचन हुनै सक्दैन, हुनु हु‘दैन र हुनै दिन्न भनी लविङ्ग गर्देै हिंड्ने उनी जेठको १० गतेसम्म पनि चुनाव ह‘ुदैन भनि हार्दिक होटल र सिंहदरवारमा गफ चुट्दै गरेका भेटिन्थे । आज उनी नै कसरी ट्रेड युनियनका हिमायती भए अचम्म मान्नु पर्ने बिषय भएको छ ।

संगठनले लिनुपर्ने नीतिगत बाटो

जसको नेतृत्वमा निर्वाचन भयो त्यसको जस अपजस स्वभाविक रुपले वर्तमान नेतृत्वले लिने गर्दछ, एमाले पहिलो संबिधानसभा निर्वाचनमा तेश्रो भएपछि तत्कालीन अवस्थामा महासचिव माधवकुमार नेपालले राजीनामा दिएका थिए भने बेलायतमा हालै डेभिड क्यामरुनले राजीनामा दिएका छन् यो नैतिक जिम्मेवारी बोधको प्रश्न पनि हो । आज जसरी संगठनमा को आधिकारिक ट्रेड युनियन जाने भनी बहस ह‘ुदैछ, यदि दोश्रो मात्र भइदिएको भए त्यसको नेतृत्व गरेका पुण्य ढकालले राजीनामा दिनुपथ्र्यो, यो स्वभाविक पनि हुन्थ्यो । आज जसको नेतृत्वमा जित हात पारियो उसैलाई हात खुट्टा बॉधेर राख्ने फोहोरी खेलमा संगठन लागेको छ र त्यसलाई एमालेका जिम्मेवार नेताहरुले मलजल गरिरहेका छन् । जसले रात दिन खटेर काम ग¥यो उसैलाई पाखा लगाउने काम भइरहेको छ । यो भन्दा बिडम्बना के हुन सक्ला π स्वभाविक हो, जसले नेतृत्व ग¥यो उसले नेता हुन पाउनु पर्छ ।

देशभरिका कर्मचारीले भोला पोखरेल चुनावमा उठेको भनेर दिएका होइनन् यो समानुपातिक मत प्रणालीमा आधारित मत हो र बर्तमान नेतृत्वमाथि गरिएको विश्वास हो । फेरि संगठनमा चुनाव गर्ने भनेर संगठनका बिधि र मान्यतालाई ध्वस्त गरि‘दैछ भने संगठनका मतदाताको भावनामाथि निर्मम प्रहार गर्ने प्रयास भइरहेकोछ । केन्द्रीय कमिटी कुनै मतदान गर्ने निकाय होइन यो त संगठनलाई दिशानिर्देश गर्न बनाइएको छरितो संगठन हो । सवै कुराको छलफल गर्ने र मतदानबाट टुंगो लगाउने निकाय अधिवेशन हो ।

संगठन पद्धतिमा चल्नु पर्दछ । कुनै पनि ब्यक्ति हेरेर निर्णय लि‘दा निर्णयकर्तामा तर्क र बिवेक हराउ‘दछ, यदि भोला पोखरेललाई अध्यक्ष बनाउने हो भने अर्को पटकदेखि किन संगठन अध्यक्ष संगठन गर्न र संगठनलाई जिताउन लाग्दछ, संगठनले लिने निर्णयहरु दुरगामी र भविष्यदर्शी हुनै पर्दछ । एउटा ब्यक्तिको पदीय लालसामा लागेर गरिने कुनै पनि निर्णयले भविष्यमा संगठन दुर्घटनामा पर्न सक्ने निश्चित छ । ब्यक्ति केन्द्रित गरेर गरिने निर्णयहरु अरु ब्यक्तिलाई पनि लागू हुनु पर्दछ । जीबन्त संगठनभित्र मतमतान्तर हुनु स्वाभाविकै हो तर बिधि र पद्धति विकास गरियो भने यसले दीर्घकालसम्म निर्णयको आधार प्रदान गर्दछ ।

आधिकारिक ट्रेड युनियन कुनै कुस्ती खेल्ने रिङ्ग होइन जहां अलि हप्कीदप्की गर्ने ठूला पाखुरा भएका मानिसको जरुरत हुन्छ, यो त बिशुद्ध कर्मचारीका बिषयमा संगठनको धारणालाई नीतिमा रुपान्तरण गर्ने निकाय हो, यसमा त्यही किसिमको सोच र भिजन भएका ब्यक्तिहरुले प्रतिनिधित्व गर्नु जरुरी छ । अनुचित लाभ लिनका लागि गरिने यस्ता अभ्यासले कर्मचारी संगठनलाई मात्र नभई समग्र निजामती सेवाको साख गरिमा र मर्यादालाई समाप्त पार्दछ । ट्रेड युनियनका गतिविधिले आक्रान्त भएको निजामती प्रशासनमा लोभीपापीकै बर्चश्व कायम रहे ट्रेड युनियन अधिकार नै गुम्ने निश्चित छ ।
नेपाल निजामती कर्मचारी संगठन नेपालाको निजामती क्षेत्रको सवैभन्दा पुरानो र मर्यादित ट्रेड युनियन हो । यसले गर्ने ब्यवहार र क्रियाकलापलाई उच्च प्रशासकहरुले समेत महत्वका साथ हेरिरहेका छन् । भने अन्य यस क्षेत्रमा त्रियाशील संगठनहरुले समेत नियालिरहेका छन् ।

आधिकारिक ट्रेड युनियनमा प्रतिनिधित्वको बिषयमा सवै संगठकहरु माझ ब्यापक छलफल हुनु जरुरी छ न कि केन्द्रीय कमिटीको प्रभाव । केन्द्रीय कमिटीका सवै निर्णयहरु अधिवेशनबाट अनुमोदन गर्नु पर्ने भएकोले भोलि अधिबेशनबाट अस्वीकृत ब्यक्तिलाई जिम्मेवारी दि‘दा त्यसमा संगठकको भावनाको प्रतिनिधित्व रहन्छ कि रह‘दैन यो विचारणीय पक्ष हो । अतः संगठनले तत्कालीन अध्यक्ष नै आधिकारिक ट्रेड युनियनमा प्रतिनिधित्व गर्ने ब्यवस्था गरे सबैलाई स्वीकार्य, बिधि र तर्क संगत हुन जान्छ किनकि अर्को अधिवेशनले टुङ्गो नलागाउ‘दासम्म अध्यक्षसंग कानुनी बैधता कायम रहन्छ । भोलि अधिवेशनबाट अरु कोही अध्यक्ष भएर आएमा उसैले प्रतिनिधित्व गर्छ, यो पद कुनै ऐस आराम, हप्की दप्की गर्न जाने, कमाउने, दलाली गर्ने पद होइन संगठनले बिगतदेखि नै उठाएका एजेण्डाहरु सरकारको नीति तथा कार्यक्रममा रुपान्तरण गर्न सहजीकरण गर्न जाने निकाय हो, संगठन जति बलियो रहन्छ, ट्रेड युनियनमा पनि त्यति नै सशक्त प्रतिनिधित्व रहन्छ । आम मतदाता संगठकको भावना र मर्म बिपरीत हुल हुज्जत र लहडका भरमा गरिने निर्णयले तत्काल कसैको कुत्सित मनोकांक्षा पूरा गरेता पनि दीर्घकालमा संस्थाको संस्थागत ब्यवस्था नै धराशयी बनाउ‘छन् ।- रातोपाटीबाट 
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget