काठमाडौं, असार ३१ गते । मन्त्रिपरिषदको बैठकले सरकारविरुद्ध संसदमा पेश भएको अविश्वासको प्रस्तावको सामना गर्ने निर्णय गरेको छ ।
सरकारको प्रमुख घटक नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि शुक्रबार मन्त्रिपरिषद बैठक बसेको थियो । बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ ।
मन्त्रिपरिषद बैठकले अहिलेको परिस्थितिको संवैधानिक व्यवस्थाअनुसार सामना गरेर अघि बढ्ने निर्णय गरेको सरकार प्रवक्ता शेरधन राईले जानकारी दिए ।
मन्त्रिपरिषद बैठकले आदित्य प्रतिष्ठानलाई एक करोड रुपैयाँ दिने तथा लगानी बोर्डको सदस्यमा भवानी राणा र राजेशकाजी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।
बैठकले बाँकेबाट लिएको चार भारतीयको नागरिकता खारेज गरेको छ भने नागरिकता दिनेमाथि छानविन गर्ने निर्णय गरेको छ ।- अनलाइनखबरबाट
Post a Comment