Websoft University

www.radiomakalu.com || 021-522512


रोजर फेडेररले रियो ओलम्पिक नखेल्ने

Roger federer

काठमाडौं, साउन १२ गते । टेनिस स्टार रोजर फेडेररले घुँडाको चोटका कारण आसन्न रियो ओलम्पिक नखेल्ने भएका छन् । साथै उनी २०१६ को बाँकी पुरा सिजन कोर्ट बाहिर नै रहने भएका छन् ।

अहिलेसम्म १७ ग्राण्डस्लाम जितिसकेका ३४ वर्षीय फेडेररले आफ्नो करियरलाई लामो समयसम्म लम्ब्याउन आफूलाई अधिक स्वस्थ्य हुन आवश्यक रहेको बताएका छन् ।

फोडेररको यो फेब्रुअरीमा घुँडोको अपरेशन भएको थियो । मेमा फ्रेन्च ओपनबाट पनि नाम फिर्ता लिएका थिए ।

उनले रियो ओलम्पिकमा स्विट्जरल्याण्डको प्रतिनिधित्व गर्न नपाएकोमा आफू निराश रहेको बताएका छन् । तर, उनले २०१७ को सुरुवातमा आफू नयाँ जोश र उर्जाका साथ र्फकन सक्ने विश्वास व्यक्त गरेका छन् ।

फेडेररले २००८ मा बेइजिङ ओलम्पिकमा युगलतर्फ स्वर्ण जितेका थिए । तर, एकल रुपमा भने उपाधि जितेका छैनन् । २०१२ मा लण्डन ओलम्पिकमा भने बि्रटेनका एन्डी मुर्रेसँग पराजित भए ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget