Websoft University

www.radiomakalu.com || 021-522512


संसारका १० ठूला खजाना जस बारे कसैलाई केही थाहा छैन

संसारका १० ठूला खजाना जस बारे कसैलाई केही थाहा छैन


संसारका कयौं बादशाही हुकुम र उर्दीको पछाडि जुन ताकत काम गर्दछ, त्यो ताकत वास्तवमा बादशाही खजानाबाट निस्कने गर्दछ । यो दुनियाँको यही नियम छ कि पैसाको ताकत हरेक पल्ट सत्ताको ठूलोभन्दा ठूलो शोखलाई पनि झुकाउने गर्दछ । कसलाई थाहा छैन र, अमूल्य पत्थर, सुन चाँदीको अकूत भण्डारका साथै हिरामोतीले भरिएको ठूला ठूला गोदामको खोजीमा कति सुल्तानहरु लुटिए, कति भड्किए र कति त्यहि खजानाजस्तै रहस्य बने जसका बारेमा अहिलेसम्म केही पनि पत्ता लाग्न सकेको छैन । रातोपाटीले आज तपाईंलाई यस्तै १० ठूला अकूत खजानाबारे जानकारी दिँदैछ जुन समयसँगै सिद्धियो, अथवा हरायो वा समुन्द्रको अथाह गहिराइमा आज पनि आश्चर्य पैदा गर्ने किसिमको कहानी बन्यो ।
1Treasure-of-Lima१. लिमियाको खजानाः
सन् १८२० मा पेरुको वायसरायले युद्धजनक स्थितीका बिच आफ्नो खजाना मेक्सिकोमा सारे । हिन्द महासागरमा ११ जहाजमार्फत मेक्सीको लाने क्रममा यो खजानालाई अन्ततः समुन्द्री लुटेराले लुटे । त्यतिबेलादेखि आजसम्म यो खजाना रहस्य बनिरहेको छ । करिब १८ अर्बभन्दा पनि बढिको यो खजानालाई धेरै पटक खोजिसकिएको छ तर आजसम्म यसको बारेमा केही पत्ता लाग्न सकेको छैन ।
2Amber-Room_1२. द एम्बर रुमः
एम्बर रुमलाई संसारको आठौं अश्चर्य भनिन्छ । रसियन र जर्मन फाइन आर्टको पेन्टिङले सुसज्जित यो रुम वा च्याम्बरमा ६ टन सुनको पत्र राखिएको थियो । सुन र अमूल्य पत्थरले बनाइएको यो रुम रुस र प्रशियाको बिच शान्ती स्थापना पछि सन् १७६१ मा पिटर द ग्रेटलाई दिइएको थियो । संसारमा यो खजाना सबैभन्दा बढि माग थियो । दोस्रो विश्वयुद्धको क्रममा जर्मन नाजियाले यसलाई समुन्द्री जहाजबाट आफ्नो देशमा लैजाने प्रयास गरे । त्यही क्रममा यो रुम समुन्द्रमा डुबेको बताइएको छ । कोही मानिसले यो जर्मनीको रहेको पनि बताएका छन् । यससँगै यो खजाना अहिले पनि संसारको लागि रहस्य बनेको छ ।
3Gold-bars३. लियोन ट्रेब्यूको सुनः
सन् १९३० को सुरुवाती स्थितीमा मेक्सीकोका अर्बपती लियोन ट्रेब्युकले मेक्सीकोको रेगिस्तानमा आफ्नो १६ टन सुन गाडेका थिए । अर्बपती लियोन र उनका पार्टनरले
करिब १६ टन सुन भाउ बढेपछि बेच्नका लागि बिक्रि गरेका थिए तर सुन बेच्दा लगाइने प्रतिबन्धका कारण यसलाई बेचेर नाफा कमाउने लियोनको सपना, सपना नै रह्यो । केही समयपछि उनको पार्टनरको मृत्यु भयो र उनको पनि केही समयपछि मृत्यु भयो । अचम्मको कुरा के छ भने मेक्सीको रेगिस्तानमा थुप्रै देशहरुले यो खजानालाई खोजे तर अहिलेसम्म पनि यो रहस्य बनेको छ ।
4Ark-of-the-Covenant४. आर्क अफ द कवोनेंटः
यो इसाई धर्मको सबैभन्दा ठूलो खजाना थियो । यो खजानाभरी त्यस्ता पेटी थियो, जो प्राचिन इजरायलका लागि मूसाको मद्दतले माउन्ट सिनाईमा भगवान आफैले बनाएको पृथ्वीमा सबैभन्दा पवित्र वस्तु थियो । ६०७ इसा पूर्वमा यो लुटियो । यो खजाना के भयो त्यसबारे कसैलाई पनि थाहा छैन ।
5The-wealth-of-the-Knights५. नाइस टम्प्लरको खजानाः
नाइट्स टेम्प्लरको यो खजाना संसारको लागि अहिले पनि सबैभन्दा ठूलो रहस्य बनेको छ । सन् १११४ मा सबै धार्मिक सेनाहरुलाई इसाइ तीर्थस्थलको सुरक्षाको आदेश दिइयो । त्यसपछि यूरोपका नाइट टेम्प्लर नाम दिइएको इसाई सेनाले सयौं टन सुन, अमूल्य हिरामोती दानमा पाए । यो सेनाले यही कामको क्रममा जेरुसेलममा क्रिश्चियनिटीको त्यो विशाल खजाना पाए, जुन कुनै समय हराएको थियो । जानकारका अनुसार सेनो यो खजानाको बारेमा संसारलाई केही पनि जानकारी दिएन । पछि खरबौंको यो खजानालाई खोज्न निकै कोसिस गरियो तर यो अहिलेसम्म पनि भेटिएको छैन ।
6King-Montezuma६. किंग मोन्टेजुमाको खजानाः
सन् १५२० को १ जुलाईमा एज्टेक साम्राज्य पतनको क्रममा घाइते राजा मोन्टेजुमाले आफ्नो खजानासहित सबैलाई त्यहाँबाट हट्ने आदेश दिए । बिचमा भएको हमलाको क्रममा राजशाहीका थुप्रै मानिसहरुको मृत्यु भयो र त्यो खजाना लुटियो । यो खजाना कहाँ गयो ? त्यसबारे कसैलाई पनि थाहा भएन । मेक्सीको सिटीमा लुकेको यो खजाना अहिले पनि संसारको लागि रहस्य नै बनेको छ ।
7El-Dorado_1७. एल डारडोको सुनः
दक्षिण अमेरिकाको कोलम्बियाको जनजाती शहर म्यूसिकाका राजालाई एल डारडो भनिन्थ्यो । एल डारडो धार्मिक आस्थाका कारण पूरा शहरलाई सुनले ढाकेर राख्थे । पेरुको इन्का मानिसबाट ४० वर्ष पुरानो रंजिशमार्फत स्पेनमा जब हमला गरियो तब पूरा शहर र त्यहाँका मानिस यहाँको विलिसाम्बा घाटीमा पुगे । अरबौं रुपैयाँको खजानासँगै ती मानिसहरु कहाँ गए ? यस बारे कसैलाई पनि थाहा भएन । १५ औं शताब्दिमा दक्षिण अफ्रिकाको जंगलमा हराएको यो सुनको शहर र यसको अरबौं रुपैंयाको खजाना आज पनि संसारको लागि रहस्य नै बनेको छ ।
8Flor-do-Mar८. फ्लोर द मारः
फ्लोर द मार, यो एउटा जहाज थियो । यो पोर्तुगिज जहाजलाई फलोवर अफ द सी पनि भनिन्छ । अरबौंको खजानासहित २० नोभेम्बर सन् १५०५ मा यो जहाज समून्द्रमा डुब्यो । यो जहाजको अहिलेसम्म पनि केही जानकारी आएको छैन । मलेसियाबाट पोर्चुगल फर्किरहेको यो जहाजमा सयौं टन सुन, चाँदी, असर्फीजस्ता बहूमूल्य हिरामोती थिए । जहाज एउटा चट्टानमा ठोक्किएर पानीको छालमा फसेको थियो । यस घटनामा जहाजको कप्तान मात्र बाँच्न सफल भएका थिए भने बाँकी सबै मानिसहरु हराए । जहाज र खजाना दुबै संसारका लागि आज पनि रहस्य बनेको छ ।
9Blackbeard’s-Treasure९. ब्ल्याकबर्डको खजानाः
एडवर्ड टीच, जसलाई पूरा इतिहास ब्ल्याकबर्डको नामले चिन्दछ, एक समुन्द्री लुटेरा थिए । ब्ल्याकबर्ड वेस्ट इन्डिज र उत्तरी अमेरिकाका क्षेत्रमा लुट्ने गर्दथे । ब्ल्याकबर्डले सन् १७१८ मा एम फ्रान्स व्यापारीको जहाज लुटेका थिए । समुन्द्री जहाजमार्फत उनले लुटेका करिब ६२ अर्ब रुपैयाँ लामो समयसम्म संसारको सामू रहस्य बन्यो । करिब ३०० वर्षसम्म सन् १९९६ मा उनको यो खजाना उत्तरी क्यारोलिन नजिक ब्यूफोर्टमा देखापर्यो ।
10Tutankhamun-Treasure-2१०. तूतनखामेनको खजाना र मकबराः
सन् १९२२ मा हावर्ड कार्टरले मिश्रको राजा तूतन खामेनको चिहानको खोजी गरियो । यो चिहान बहुमूल्य हिरा–मोती, सुनको असर्फीसहित थुपै्र सन्दुकले भरिएको थियो । यो यति ठूलो खजाना थियो कि यसलाई अलग गर्न १० वर्ष लाग्यो । पहिला यो चिहान नढाकिएको मानिसहरु बताउँछन् । जानकार मान्छन् कि मिश्रको यो राजाको अधिकांश खजाना सम्भवतः लुटियो । लुटिएको अरबौं, खरबौंको यो खजाना कहाँ छ, यसको पत्ता अहिले पनि लाग्न सकेको छैन ।- रातोपाटीबाट 

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget