Websoft University

www.radiomakalu.com || 021-522512


सातौँ राष्ट्रिय खेलकुदको तेस्रो पटक मिति घोषणा, अब मङ्सिरमा हुने -

सातौँ राष्ट्रिय खेलकुदको तेस्रो पटक मिति घोषणा, अब मङ्सिरमा हुने

काठमाडौँ, साउन ३ गते । दुई पटक मिति घोषणा भए पनि बजेटको समस्या र मधेस आन्दोलनका कारण स्थगित भएको सातौँ राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आइतबार बसेको राष्ट्रिय खेलकुद परिषद् राखेपको १०६औँ बोर्ड बैठकले राष्ट्रिय खेलकुदको नयाँ मिति तोकेको हो ।

राखेप अध्यक्ष युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलको अध्यक्षतामा बसेको बैठकले सातौँ राष्ट्रिय खेलकुद मङ्सिर ८ देखि १५ गतेसम्म पूर्वाञ्चलमा गर्ने निर्णय गरेको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिए।

यसअघि पहिलो पटक सातौँ राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा गत वर्षको मङ्सिर ११ देखि १८ गतेसम्म हुने भनिएको थियो । दोस्रो पटक गत वर्षकै फागुन १८ देखि २३ गतेलाई तय भएको थियो ।

त्यस्तै बैठकले १३औँ दक्षिण एसियाली खेलकुद सागको तयारीका लागि राखेपले तयारी डेस्क स्थापना गर्ने निर्णय गरेको छ । भारतमा गत फेब्रुअरी १६ तारिखमा सम्पन्न १२औँ सागको समापनका अवसरमा नेपाललाई १३औँ साग आयोजनाका लागि झन्डा हस्तान्तरण गरिएको थियो ।-रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget