Websoft University

www.radiomakalu.com || 021-522512


सहिद र वेपत्ता परिवारलाई पूर्व घोषणा अनुसार नै राहतः अर्थमन्त्री


bishnu-poudel
काठमाडौं, असार २५ गते । अर्थमन्त्री विष्णु पौडेलले सशस्त्र द्वन्द्वमा सहिद र वेपत्ता परिवारले पूर्व घोषणा अनुसार नै राहत पाउने बताएका छन् ।

व्यवस्थापिका संसदमा विनियोजन विधयेक माथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले शान्ति प्रक्रियाका बाँकी काम तत्काल पुरा गर्नु सबैको जिम्मेवारी भएको बताए ।

शान्ति प्रक्रिया सत्ता र प्रतिपक्षीको मुद्धा नभएको भन्दै उनले भने, ‘अब पनि यसलाई बाँकी राख्ने हो भने हाम्रो यत्रानमा गतिरोध आउँछ ।’

उनले अघि भने, ‘सहिद र वेपत्ता परिवारलाई पूर्व घोषणा बमोजिम नै राहत प्रदान गरिनेछ ।’

त्यसअघि सत्तारुढ माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले राहतबारे प्रश्न गरेका थिए ।

सत्तारुढ एमाले र माओवादीबीच भएको नौबुँदे सहमतिमा पनि पूर्व घोषणा बमोजिम राहत दिने उल्लेख छ । तर, बजेटमा प्रष्ट उल्लेख नभएपछि माओवादी असन्तुष्ट देखिएको थियो ।

प्रचण्ड नेतृत्वको सरकारले सशस्त्र द्वन्द्वमा सहिद र वेपत्ता परिवारलाई १० लाख दिने निर्णय गरेको थियो । पछि बाबुराम भट्टराई नेतृत्वको सरकारले त्यसमध्ये ५ लाखको तामाकोसीमा शेयर दिने बताएको थियो । तर, अहिलेसम्म कार्यान्वयन भएको छैन ।- अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget