Websoft University

www.radiomakalu.com || 021-522512


दुई राजावादी समुहको एकता विवादमा तानियो



काठमाडौं, असार  २० गते  ।  हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको वकालत गर्ने दुई राजावादी संगठनबीच भएको भनिएको एकता विवादमा तानिएको छ ।
आइतबार एक पत्रकार सम्मेलनमार्फत राप्रपा नेपाल समानान्तर र राप्रपा नेपालको निलम्बनमा परेका केशरबहादुर विष्ट समुहबीच एकता घोषणा गरी एकीकृत राप्रपा निर्माण अभियानमा संलग्न भएको जानकारी गराइएको थियो ।
तर, सो घोषणा वैद्यानिक नभएको राप्रपा नेपाल समानान्तरले विज्ञप्ति जारी गर्दै स्पष्ट पारेको छ ।

राप्रपा नेपाल समानान्तरबाट अनुशासनको कारवाही भइ साधारण सदस्यबाट निष्काशन भएका श्याम तिमिल्सिना सिद्धान्तबाट विचलित भई एकीकृत राप्रपा निर्माण अभियानमा सहभागी भएको हुन सक्ने राप्रपा नेपाल समानान्तरका महामन्त्री रामु राईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

राप्रपा नेपाल समानान्तरमा विभाजन भएपछि तिमिल्सिना एकीकृत राप्रपा निर्माण अभियानमा मिसिन गएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले राप्रपा नेपाल तथा राप्रपा नेपाल समानान्तरसँग औपचारिक एकता वार्ता संचालन गरीरहेको छ । एकता प्रयासका लागि सघन गृहकार्य जारी छ । तर, राप्रपा नेपालबाट तीन वर्षका लागि निलम्बित केशर बहादुर विष्टसँग राष्ट्रिय प्रजातन्त्र पार्टीले औपचारिक रुपमा एकता वार्ता गरेको छैन ।

विष्ट राप्रपा नेपालबाट निलम्बित सह–अध्यक्ष हुन् । उनलाई अध्यक्ष कमल थापाले पार्टीबाट निष्काशन गरिसकेका छैनन्, निलम्बन मात्र गरेका छन् । विष्टले पनि राप्रपा नेपालबाट राजीनामा दिएका छैनन् । यस अर्थमा विष्ट कानुनी रुपमा निलम्बित अवस्थामा रहेका राप्रपा नेपालकै सदस्य हुन् ।

राजनीतिक एवं कानुनी हैसियत स्पष्ट नभएको बेला विष्ट राप्रपासँगको एकता प्रक्रियामा कसरी समावेश हुने भन्ने प्रश्न खडा छ । यस्तै माहोलबीच, एकीकरण प्रक्रियाबाट बाहिरिने डरका कारण विष्टले राप्रपा नेपाल समानान्तरको सहारा लिन चाहेको स्पष्ट देखिन्छ । तर, यसमा राप्रपा नेपाल समानान्तरको वैद्यानिक संलग्नता नभएको सो पार्टीका एक नेताले बताए ।

विष्टको अभियानमा प्रवेश गरेका श्याम तिमिल्सिना दोस्रो संविधान सभा निर्वाचनपछि सभासद हुन नपाएपछि राप्रपा नेपालबाट बाहिरिए थिए । सभासद पदकै विवादबीच कमल थापाका कार्यकर्ताले तिमिल्सिनालाई कालो मोसो समेत दलेका थिए । विष्टले राजनीतिमा कनिष्ट छोरा बिराजलाई सभासद बनाएपछि तिमिल्सिना विष्टसँग क्रुद्ध भएको भए पनि अहिले दुवै एक ठाउँ उभिएका छन् ।

आइतबारको पत्रकार सम्मेलनमा तिमिल्सिनाले सहभागीलाई झुक्काएर बोलाएको आरोप छ । राप्रपा नेपाल समानान्तरका एक नेतृका अनुसार, कार्यक्रममा कसैलाई चियापान, कसैलाई भेटघाट त कसैलाई वैठक भनी तिमिल्सिनाले निमन्त्रणा गरेका थिए । पत्रकार सम्मेलन भन्ने कुरा त कार्यक्रम स्थलमा पुगेर मात्र जानकारी भएको ती नेत्रीको भनाई छ ।
यस विषयमा तिमल्सिनासँग प्रतिक्रिया लिन खोज्दा तिमल्सिनासँग भने सम्पर्क हुन सकेन ।- रातोपाटीबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget