Websoft University

www.radiomakalu.com || 021-522512


‘प्रहरी मेरो साथी’ अभियान सुरु


परिवर्तनको मूल्य मान्यतालाई संस्थागत गर्न योगदान पुग्छ: गृहमन्त्री बस्नेत
काठमाडौं,असार २७ गते । मुलुकमा शान्ति सुरक्षाको मुख्य जिम्मेवारी सम्हाल्दै आएको नेपाल प्रहरीले आजदेखि ‘प्रहरी मेरो साथी’ अभियान सुरु गरेको छ ।


सरकारको आव २०७२/७३ को नीति तथा कार्यक्रममा समावेश गरिएको उक्त अभियान ७५ वटै जिल्लामा सञ्चालनमा आएको छ ।

नेपाल प्रहरीका नागरिक समुदाय केन्द्रित सबै कार्यक्रम तथा क्रियाकलाप ‘प्रहरी मेरो साथी’को अवधारणामा समेटिनेछ ।

देशभरका विद्यालय तथा समुदायमा सामुदायिक सम्पर्कको माध्यमबाट प्रहरीलाई नागरिकमैत्री बनाई अपराध, दुर्घटना र सामाजिक विकृतिलाई नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्नु अभियानको मुख्य उद्देश्य हो ।

समाजमा ‘प्रहरी मेरो साथी’ हो भन्ने भावना र सम्बन्धको विकास गरेर प्रहरी सङ्गठनको छविलाई गरिमामय तुल्याउनु अभियानको लक्ष्य रहेको छ ।

नेपाल प्रहरीले यसअघि ‘मुस्कानसहितको सेवा’ भन्ने नाराका साथ जनतामा पुग्ने अभियान सुरु गरेको थियो ।

नेपाली समाज नै मुख्य कार्यथलो रहेको प्रहरीको समाजमा शान्ति सुव्यवस्था कायम गर्नु नै प्रमुख दायित्व हो ।

उक्त अभियानको शुभारम्भ गर्दै गृहमन्त्री शक्तिबहादुर बस्नेतले प्रहरीले समाजमा पूरा गर्नुपर्ने दायित्व र परिवर्तनको मूल्य मान्यतालाई संस्थागत गर्न ‘प्रहरी मेरो साथी’ अभियानले योगदान पुर्याउने बताए ।

प्रहरीको प्रतिष्ठा बढाउन तथा कार्यसम्पादनको जिम्मेवारी पूरा गर्न सजगता प्रदान गर्ने मात्र होइन, नागरिकमा शान्ति, सुरक्षा र समाजको विकास निर्माणमा पनि निकै सहयोग पुग्नेछ – गृहमन्त्री बस्नेतले भने ।

अभियानलाई नाराका रुपमा मात्र नभएर प्रभावकारी कार्यान्वयनमा जोड दिन निर्देशन दिँदै उनले यसलाई प्रहरीका अरु सबै कार्यक्रमसँग जोडेर लैजान सके गुणात्मक नतिजा हासिल गर्न सकिने बताए ।

प्रहरी विधि र कानुनसम्मत चल्छ: महानिरीक्षक अर्याल

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरीको सङ्गठन कुनै व्यक्तिविशेषको आदेशमा नभएर विधि र कानुनअनुरुप सञ्चालन हुन्छ भन्ने कुरा अभियानले पुष्टि गर्ने विश्वास व्यक्त गरे ।

आम नागरिकले सम्झौता गर्न नसक्ने शान्ति सुरक्षाको जिम्मेवारी पाएको नेपाल प्रहरीले दिएको सेवा र जनताको आकाङ्क्षाबीच देखिँदै आएको खाडललाई पुर्न अभियान सञ्चालनमा ल्याइएको उनको भनाइ थियो ।

संस्कृतिविद् एवम् नागरिक समाजका अगुवा सत्यमोहन जोशीले नेपाल प्रहरीले शान्ति सुव्यवस्था कायम गरी राष्ट्रको उत्थान हुने गरी नौलो तर ठीक अवधारणाका रुपमा ‘प्रहरी मेरो साथी’ अभियान सुरु गरेको जनाउँदै यसलाई विद्यालयको पाठ्यपुस्तकमा समेत समावेश गर्नुपर्ने आवश्यकता औँल्याए ।

प्रहरी उपरीक्षक विश्व अधिकारीले समुदायसँग मिलेर काम गर्ने सङ्गठनको रणनीति र नेतृत्वको संस्थागत प्राथमिकताका आधारमा सञ्चालन गरिएको अभियान विद्यालय र समुदायबीचमा हातेमालोका साथ अघि बढाइने जानकारी दिए ।

सो अवसरमा गृहमन्त्री बस्नेतले धादिङको री गाउँमा गएको पहिरोबाट विचल्लीमा परेका परिवारलाई साहसपूर्ण कार्य गरी उद्धार गरेबापत प्रहरी हवल्दार रुद्र कुमाल र जवान सन्दीप कुमाललाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरे ।-रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget