Websoft University

www.radiomakalu.com || 021-522512


प्रधानमन्त्रीले बोलाएको वार्तामा डा. केसी गएनन्, प्रतिनिधि पठाए

govinda kc (2)
काठमाडौं, असार  २६ गते  । प्रधानमन्त्री केपी शर्मा ओलीले वार्तामा बोलाए पनि प्रा. डा. गोविन्द केसी गएनन् । वार्ताका लागि उनका प्रतिनिधिहरु प्रधानमन्त्री निवास बालुवाटार परेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालयको सिनेट बैठकमा भाग लिएर फर्किएपछि वार्ता सुरु हुनेछ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार प्रधानमन्त्रीले डा. केसीलाई नै वार्तामा बोलाएका थिए । र, उनले आउँछु भनेका थिए ।
तर, अहिले आफू नआउने खबर पठाएका छन् । दाहालले भने, ‘सुरुमा उहाँ (डा.केसी) आफैं आउँछु भन्नु भएको थियो । अहिले नआउने खबर आएको छ ।’- अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget