Websoft University

www.radiomakalu.com || 021-522512


३० लाख बराबरको यार्सासहित दुई पक्राउ



बैतडी, असार २७ गते । अवैधरुपमा भारतबाट ल्याउँदै गरेको तीन किलो बहुमूल्य जडीबुटी यार्सागुम्बासहित दुई जनालाई प्रहरीले दार्चुलाबाट पक्राउ गरेको छ ।


जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक सुशील सिंह राठौरका अनुसार पक्राउपर्नेमा दार्चुला हिकिला–२ घर भई हाल अपि नगरपालिका–११ बागाबगर बस्ने ३० वर्षीय नन्दनसिंह बडाल र दार्चुला जिल्ला धारी–३ घर भई हाल अपि नपा–११ बस्ने ३५ वर्षीय नरेन्द्रसिंह धामी रहेका छन् ।

उनीहरुलाई प्रहरीले हुती–६ महाकाली किनारबाट पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई प्रहरीले आज बेलुका पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । उनीहरुले बहुमूल्य जडीबुटी यार्सागुम्बा भारतको जुमा भन्ने ठाउँबाट लिएर आएको बताएका छन् ।

पक्राउ परेका दुवै जनालाई प्रहरीले आजै अपि नाम्पा संरक्षण कार्यालय, दार्चुलाको जिम्मा लगाएको छ । बरामद गरिएको तीन किलो यार्सागुम्बाको स्थानीय मूल्य रु ३० लाख पर्ने गर्दछ ।- रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget