Websoft University

www.radiomakalu.com || 021-522512


नारायणी नदीमा खतराको संकेत, नवलपरासीका तीन गाविस उच्च जोखिममा


नारायणी  नदीमा खतराको संकेत, नवलपरासीका तीन गाविस उच्च जोखिममा
नवलपरासी,साउन १३ गते । नवलपरासीको गण्डक क्षेत्रमा नारायणी नदी गाउँ पस्ने खतरा बढेपछि गण्डक क्षेत्रमा तीन गाउँ विकास समिति उच्च जोखिममा परेका छन् ।


नवलपरासीको नर्सहीमा रहेको ठोकर नम्बर १३ र पक्लिहवाको ठोकर नम्बर ३ ठोकरको स्परहरु नारायणी नदीले बगाएपछि जोखिम बढेको हो ।

नारायणी नदीले ठोकरको स्पर बगाएपछि नारायणी नदी कमजोर अवस्थामा रहेको ठोकर क्षेत्रबाट गाउँ पस्ने सम्भावना प्रबल देखिएपछि गण्डक नहरमा जोडिएका तीन गाविस उच्च जोखिममा परेका हुन् ।


गण्डक क्षेत्र र नारायणी नदीसँगै जोडिएर रहेका पक्लिहवा, नर्सही र कुडियाका गाविस उच्च जोखिममा छन् । नारायणी नदीमा खतराको सङ्केतभन्दा बढी मात्रामा नदीमा पानीको बहाव बढेपछि जोखिम झन् बढेको हो । नारायणी नदीमा पानीको चाप अहिले पनि कायमै छ । नारायणी नदीको पछिल्लो मापनअनुसार पानीको सतह १०.३० मिटर मापन गरिसकिएको छ । जबकी ८.४ मिटर हुँदा नै नारायणी नदी क्षेत्रमा पूर्णरुपमा खतराको सङ्केत दिइन्छ ।


गण्डक क्षेत्रमा आवश्यक उद्धार तथा सहयोग गर्न तीनवटै क्षेत्रका सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी महादेव पन्थको भनाइ छ । नारायणी नदीमा अहिले पनि पानीको बहाव बढ्दो छ । नदीमा यस वर्षकै सबैभन्दा बढी पानी मापन गरिएको छ जुन तीन लाख २५ हजार क्युसेक रहेको छ ।- रातोपटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget