Websoft University

www.radiomakalu.com || 021-522512


अग्रजले देखाएको बाटो नबिर्सन काँग्रेसलाई आग्रह


काठमाडौँ, असार १७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री एवम् काँग्रेस सभापति स्वर्गीय गिरिजाप्रसाद कोइराला मुलुकलाई वर्तमान अवस्थासम्म ल्याइपु¥याउने नेपाली जनताका अथक् गुरु भएको बताउनुभएको छ ।
‘नेपालको लोकतान्त्रीकरणमा गिरिजाप्रसाद कोइरालाको योगदान र संविधान कार्यान्वयन’ विषयक बिहीबार आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली राजनीतिका महानायक गिरिजाप्रसादको सपना साकार पार्न काँग्रेसको नयाँ नेतृत्व उदार हुनुपर्ने धारणा राख्नुभयो ।
जनताको बलिदानीपूर्ण त्याग र सङ्घर्षबाट प्राप्त वर्तमान उपलब्धि संस्थागत गर्न महानायक कोइरालाले भनेजस्तै राजनीतिक दलबीच संवाद, सहमति, सहकार्य र मेलमिलाप अपरिहार्य भएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले अग्रजले देखाएको बाटो नबिर्सन काँग्रेस नेतृत्वलाई आग्रह गर्नुभयो ।
गिरिजाप्रसाद कोइराला नेतृत्वमा बनेको सरकारको उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री भएर काम गरेको स्मरण गराउँदै उहाँले म फरक पार्टी र विचारबाट सरकारमा सहभागी भए पनि काम कारबाहीको मामिलामा त्यस्तो अनुभूति गर्ने वातावरण बनेन भन्नुभयो ।
सरकारमा सहभागी हुनुअघि प्रायः म उहाँको नकारात्मक पक्षलाई बढी खुट्याउँथे प्रधानमन्त्री ओलीले तत्कालीन प्रधानमन्त्री कोइरालासँगको आफ्नो सम्बन्ध उल्लेख गर्दै तर पछि मेरो आदरणीय र प्रेरणाको स्रोतका रूपमा पाएको कुरा थप्नुभयो ।
उहाँले महानायक कोइरालाको त्याग, तपस्या र निडरताले गर्दा नै मुलुकमा परिवर्तन आएको स्पष्ट पार्नुभयो । स्वर्गीय कोइराला नेपाली काँग्रेसको मात्र नभई आम नेपाली जनताको अभिभावक र प्रेरणा भएको टिप्पणी पनि उहाँले गर्नुभयो ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गिरिजाबाबु क्रान्ति र शान्ति दुवैपक्षका महानायक भएको चर्चा गर्दै प्रजातन्त्र र लोकतन्त्रका लागि गरेको उहाँको त्यागलाई कसैले बिर्सन नसक्ने बताउनुभयो । मुलुक आजको अवस्थासम्म आइपुग्नुमा गिरिजाबाबु र काँग्रेस पार्टीको मुख्य भूमिका रहेको स्पष्ट पार्दै नेता पौडेलले वर्तमान उपलब्धि कार्यान्वयन गरी संस्थागत गर्न सरकार गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो । सडक आन्दोलन छाडी शान्तिपूर्ण अनशनमा बसेका मधेसवादी दल लगायत असन्तुष्ट पक्षका माग समयमै सम्बोधन गरी वार्ताका लागि सरकार हदैसम्म लचिलो हुनुपर्नेमा उहाँले जोड दिनुभयो । वर्तमान संविधान कार्यान्वयन गर्न नयाँ संविधानको प्रावधान अनुसारको चुनाव हुनुपर्नेमा जोड दिनुहुँदै उहाँले यदि सरकार पुरानो संरचनामा चुनाव गराउँदैछ भने त्यो मुलुकका लागि घातक हुनजान्छ भन्नुभयो ।
मधेसी जनअधिकार फोरम
(लोकतान्त्रिक)का अध्यक्ष एवम् उपप्रधानमन्त्री विजयकुमार गच्छदारले गिरिजाबाबुको सल्लाहबमोजिम नै आफू लोकतन्त्रको रक्षाका लागि उपेन्द्र यादवबाट अलग भएको खुलासा गर्नुभयो । आदरणीय गिरिजा दाइ मेरो राजनीतिको अभिभावक र गुरु हो, पञ्चायतविरुद्धको आन्दोलनमा उहाँको सबैभन्दा नजिकको विश्वासपात्र पनि म नै थिएँ तर २०६४ सालमा मधेसी जनताको हकअधिकार संरक्षित गर्न अलग हुनुप¥यो अध्यक्ष गच्छादारले भन्नुभयो । काँग्रेस छाड्नुअघि कोइरालासँग सल्लाह भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा जीपी फाउन्डेसनका अध्यक्ष एवम् काँग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले नेपालको ट्रेड युनियन आन्दोलनका प्रथम अभियन्ता गिरिजाप्रसाद कोइरालाको ९३औँ जन्मजयन्ती पारेर विचार गोष्ठी आयोजना गरिएको बताउनुभयो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget