Websoft University

www.radiomakalu.com || 021-522512


बालुवाटारमा तीन दल बैठक साँझ ५ बजे बस्दै

 





 






काठमाडौँ, साउन ३ गते । सत्ता समीकरणको विषयलाई लिएर पछिल्लो समय आपसी तिक्तता बढेको बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख दुई दलका शीर्ष नेतालाई छलफलका लागि बोलाउनु भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्र्रेसका सभापति शेरबहादुर देउवा र हालै सत्ता गठबन्धनबाट बाहिरिएको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका लागि बोलाउनुभएको हो ।

साँझ ५ बजेबाट सुरु हुने बैठकमा मुलुकमा सिर्जित समसामयिक राजनीतिक विषयमा कुराकानी हुने प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

गठबन्धनका प्रमुख साझेदार माओवादी केन्द्रले गत असार २८ गते सरकारबाट बाहिरिने निर्णय गरेको थियो । त्यसको भोलिपल्ट प्रमुख प्रतिपक्षी दल काँग्रेसले सरकारको नेतृत्वका लागि माओवादीलाई औपचारिक रुपमा समर्थन गर्ने निर्णय गरेपछि दुवै दलले वर्तमान प्रधानमन्त्री ओलीविरुद्ध व्यवस्थापिका–संसदमा अविश्वासको प्रस्ताव दर्ता गराइसकेका छन ।

उक्त विषयलाई लिएर दुवै पक्षले संवैधानिक जटिलताका विषयमा कानुनविद्हरुसँग आ–आफ्नै ढङ्गबाट परामर्श गरिरहेका छन् । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget