Websoft University

www.radiomakalu.com || 021-522512


वेल्जियमलाई ३–१ गोलले पराजित गर्दै वेल्स युरोकपको सेमिफाइनलमा प्रवेश

एजेन्सी , असार १८ – फ्रान्समा जारी युरोकप फुटवल प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा वेल्सले वेल्जियमलाई ३–१ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार साझ सम्पन्न खेलमा १३ अाै मिनेटमा वेल्जियमका जर्सि नंम्वर ४ नाइङगोलनले पहिलो गोल गर्दै वेल्जियमलाई अघिल्लो अग्रता दिलाएका थिए । रवाफिलो प्रतिस्पर्धाको ३० अाै मिनेटमा वेल्सका टिम क्याप्टेन अास्ली वीलियमले टाउकोद्वरा प्रहार गरेको बल बन्दुकको गोलि झै विपक्षी टिमको जालिमा छिरेको बलले पहिलो हाफको खेल बराबरीमा ल्याएका थिए ।
3500
दोश्रो आफको ५५औ मिनेटमा वेल्सका अारोन राम्सिले लामो दुरीबाट ठुलो डिबक्स छेउमा आफना मित्र रब्सन कानुलाई गरेका क्रस पास उनले गोलमा बदल्दै वेल्सलाई अघिल्लो सुचिमा पारेका थिए ।त्यसैगरी ८५ अाै मिनेटमा वेल्सका भोक्सको थप तेस्राे गोलको झट्किलो प्रहारले वेल्जियमको युरोकप उपाधि चुम्ने सपना टुङ्गाएका छन् ।
2106


सन १९५८को वल्र्ड कपमा ब्राजिलले हराएका वेल्स ईतिहासमै पहिलोपटक युरोकपको सेमिफाइनलमा प्रवेश गरेको हो । त्यसैगरी पोर्चुगल र पाेल्याण्डले प्रतिस्पर्धा गरेको क्वाटर फाइनलको निर्धारित समय र अतिरिक्त समयको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट पाेर्चुगल सेमिफाइनलमा प्रवेश गरेको हो।
सन २०११ मा फुटबल प्रतियोगितामा ११७ अाै स्थानमा वल्ड रेन्किङमा अल्झिएको राष्ट्र एक्कासि चुचुरोमा पुग्दा वेल्सका बासिन्दामा खुशी छाएको देखिन्छन् ।

वेल्सका खेल प्रबन्धक क्रिस कोलम्यानले फुटबल इतिहासमा वेल्सले अाज खेलेको खेल सर्वाधिक उत्कृष्ट खेल खेलेका दावि गरेका छन् । उनले भने,वेल्सलाई निकै कठिन परिस्थितिमा पुर्‍याएका वेल्जियम खेलाडीले पाएका धेरै अवसरलाई गोल गर्न सकेनन् । बल पोजिसनमा वेल्जियम ५४% रहिरहे पनि पोष्ट टार्गेट अाक्रमणमा वेल्जियमले ७ पटक गरेपनि गोल गर्न असफल बनेका थिए ।

उक्त क्वाटर फाइनल खेलमा वेल्सका वेन डेभिस र अारोन राम्सिले पहेलो कार्ड पाएका कारण सेमिफाइनल खेलबाट बन्चित भएका छन् । निर्धारित समय ९० मिनेट प्रतिस्पर्धा भएको क्वाटर फाइनलमा वेल्सका रब्स न कानु सर्वाधिक उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
अागमी बुधबार वेल्सले सेमिफाइनल खेलमा पोर्चुगलसग प्रतिस्पर्धा गर्ने छ ।- रातोपाटी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget