Websoft University

www.radiomakalu.com || 021-522512


‘सबै कुरा प्रष्ट छन्, अख्तियारमै भ्रष्ट छन्’

त्रिवि शिक्षण अस्पतालमा अनसनरत् वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन र जीवन रक्षाका लागि दबाब दिन काठमाडौंमा सर्वसाधारण सडकमा उत्रिएका छन्।

१४ दिनदेखि अनसनरत् केसीको माग सम्बोधनमा सरकारी प्रयास असफल भइरहेका बेला सर्वसाधारणले दबाबमुलक प्रदर्शन गरेका हुन्। विभिन्न संघ संस्था, चिकित्सक तथा विद्यार्थीको अगुवाईमा माइतीघरमा ठूलो संख्यामा सर्वसाधारण जुलुशमा निस्किएका छन्।

जुलुशमा युवाहरूको संख्या उल्लेख्य छ। उनीहरूले ‘सबै कुरा प्रष्ट छन्, अख्तियारमै भ्रष्ट छन्’, ‘केसीको अनसन, माफियालाई टेन्सन’, ‘१, २, ३, ४, बन्द गर भ्रष्टाचार’, लगायत नारा लगाएका छन्।

चिकित्सा क्षेत्र सुधार तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग माग गर्दै केसी अनसनमा बसेका छन्। माग पूरा नभएपछि उनको जीवन संकटमा परेको छ।
माइतीघरमा नारा,सेतोपाटीबाट
 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget