Websoft University

www.radiomakalu.com || 021-522512


नेपालमै हेपाटाइटिस बीको भाइरल लोड परीक्षण हुने

HepatitisBVirus


काठमाडौं, असार २९ गते । नेपालको एकमात्र केन्द्रिय प्रयोगशाला टेकुले हेपाटाइटिस बी को एबीभीको भाइरल लोड परीक्षण पनि सुरु गरेको छ ।

एचआइभी रिफरेन्स युनिट एनपिएचएल चिफ कन्सलटेन्ट प्याथोलोजिष्ट तथा इन्चार्ज डा राजकुमार महतोले यसअघि यो जाँचका लागि नेपाल बाहिर पठाइने गरेको बताए । उनले भने, ‘अबदेखि त्यो बाध्यताको अन्त्य भएको छ ।’

भाइरल लोड भन्नाले बिरामीको रगतमा रहेको भाइरसको मात्रालाई बुझाउँछ । सामान्यता रगतमा भाइरसको मात्रा जति कम भयो उति राम्रो मानिन्छ । यो जाँचको लागि बिरामीको रगतमा भएको प्लाज्मा आवश्यकता पर्दछ । यो जाँचबाट बिरामीको अवस्था, औषधिले काम गरे नगरेको थाहा पाउन सकिन्छ ।

प्रयोगशालाले यसअघि एचआईभी र एचसीभीको भाइरल लोड परीक्षण गर्दै आइरहेको छ । विश्व स्वास्थ्य सङ्घबाट प्रमाणित पूर्ण स्वचालित मेसिनको सहायताले उक्त जाँच भइरहेको उनले जानकारी दिए ।- स्वास्थ्य खबरपत्रिका

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget