Websoft University

www.radiomakalu.com || 021-522512


भैरहवा पूर्ण खोपयुक्त शहर घोषणा



भैरहवा, असार ३० गते । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा)लाई पूर्ण खोपयुक्त नगर घोषणा गरिएको छ । १२ महिनादेखि २३ महिनासम्मका बालबालिकाहरुले एक वर्ष भित्र लगाउनुपर्ने सबै खोपहरु लगाएपछि सिद्धार्थनगर नगरपालिलाई पूर्ण खोप युक्त नगर घोषणा गरिएको हो । तर, यसमा नगरपालिकाले सहयोग नगरेको गुनासो सरोकारवालाहरुको छ ।


जिल्ला जनस्वास्थ्य कार्यालयले भैरहवामा एक कार्यक्रम आयोजना गरी सिद्धार्थनगर नगरपालिलाई पूर्ण खोपयुक्त नगर घोषणा गरेको हो ।

‘पूर्ण खोप, सुरक्षित भविष्य’ नाराका साथ सुरु गरिएको पूर्ण खोपयुक्त अभियान अन्तर्गत सिद्धार्थनगर नगरपालिकामा १२ महिनादेखि २३ महिनासम्मका ४ सय ६९ जना बालबालिकालाई पूर्ण खोप लगाइएको जिल्ला जनस्वास्थ्य कार्यालयका खोप अधिकृत चिन्तामणि ज्ञवालीले बताए । उनले एक वर्ष भित्रका बालबालिकालाई खोप लगाउने कार्य जारी रहने बताए ।

गत ०७२ चैत महिनादेखि सुरु भएको यो अभियानलाई जिल्ला पूर्ण खोप समन्वय समितिले ०७३ असार १३ गते भैरहवालाई पूर्ण खोप घोषणा गर्न स्विकृति दिएको थियो ।

नगरपालिकाले सहयोग नगरेको गुनासो

स्थानीय विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयबीच पूर्ण खोप अभियानमा सहकार्य गर्ने सहमति भएपनि स्थानीय सिद्धार्थनगर नगरपालिकाले पूर्ण खोप अभियानमा नगरपालिकाले स्वंयमसेवीलाई केही सहयोग नगरेको स्वास्थ्य स्वयमसेविका इन्दिरा क्षेत्रीले गुनासो पोखिन् । साथै अन्य स्वयंमसेविकाहरु पनि नगरपालिकाले यो अभियान आफ्नो जिम्मेवारी बहन नगरेको बताए ।

त्यस्तै जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख एवम् वरिष्ठ जनस्वास्थ्य प्रशासक टंक प्रसाद चापागाईले पनि पूर्ण खोप अभियानमा सहयोग गर्ने स्वयमसेविकाहरुलाई धन्यवाद दिँदै नगरपालिकाले पूर्ण खोप अभियानमा सहयोग नगरेकोमा दुःख व्यक्त गरे ।

उनले भने, ‘यो नगर पूर्ण खोप भएको घोषणा नगरपालिकाले गर्नुपर्ने हो तर नगरपालिकाले आज गर्ने, भोलि गर्ने भन्दै चासो नदेखाएपछि हामीहरुले घोषणा गरेका हौं ।’

यस्तै कार्यक्रमका प्रमुख अतिथि जिल्ला विकास कार्यालयका प्रमुख युवराज सुवेदीले पूर्ण खोप अभियानमा स्वास्थ्य स्वयमसेविकाले गरेको योगदानको मुलुकले उच्च कदर गर्ने विश्वास व्यक्त गरे । उनले स्वास्थ्य स्वयमसेविकाहरुलाई आफूबाट हुने सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।- सलमान खान, अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget