Websoft University

www.radiomakalu.com || 021-522512


ब्याटन रुज प्रदर्शनको एक तस्वीरः जसले हजार शब्द बोल्छ

एक्ली निहत्था महिला सडकको बीचमा ठिंग उभिएकी छिन् । उनको अगाडि सुरक्षाकर्मीहरुको फौज छ । दुई सुरक्षाकर्मीले उनलाई पक्राउ गर्दैछन् तर, महिला कत्ति पनि विचलित छैनन् ।
अमेरिकाको लुसियाना राज्यस्थित ब्याटन रुजको प्रहरी मुख्यालय अगाडि शनिबार देखिएको दृष्य हो यो । प्रहरीले शहरका अश्वेत नागरिकहरुविरुद्ध बल प्रयोेग गरेको विरोधमा आयोजित प्रदर्शनका क्रममा रोयटर्सका पत्रकारले ती महिलालाई आफ्नो क्यामरामा कैद गरेका थिए ।
यो तस्वीर अहिले अमेरिकाको सुरक्षा निकाय र अश्वेत नागरिकबीचको संघर्षको बिम्बका रुपमा इन्टरनेटमा भाइरल बनेको छ ।
ब्याटन रुजमा रहेको प्रहरी मुख्यालयकै अगाडि ती महिला प्रहरीसँग आमनेसामने भएकी हुन् । उनको परिचय खुलेको छैन ।
प्रदर्शनमा उत्रिएका १०० भन्दा बढीलाई प्रहरीले गिरफ्तार गरेको छ । तर, यो तस्वीर भाइरल भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले यो तस्वीरलाई चीनको चर्चित ट्यांक म्यानसँग तुलना गरेका छन् ।
सन् १९८९ मा बेइजिङको तियनामेन स्वाक्वायरमा आयोजित प्रदर्शनका क्रममा एक व्यक्ति सेनाको ट्यांकहरुको अगाडि ठिंग उभिएका थिए । यो घटना भएको २५ वर्ष भयो तर, ती व्यक्ति को हुन् भन्ने थाहा हुन सकेको छैन । पश्चिमा लेखकहरुले उनी मारिएको दाबी गरेका छन् । तर, जिवितै रहेको हल्ला पनि छ ।
ब्याटन रुजमा महिलाको तस्बिर खिच्ने रोयटर्सका पत्रकार जोनाथन बाचम्यानले प्रदर्शनकारीहरु अत्यन्त संयमित रहेको र महिलाले त्यसैलाई प्रतिबिम्बित गरेको बताएका छन् ।

‘उनी हलचल नगरिकन उभिएकी थिइन् । उनले केही बोलिनन् । पक्राउबाट बच्न पनि प्रयास गरिनन् । प्रहरीले उनलाई लतार्नु पनि परेन,’ वाचम्यानले भने ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget