काठमाडौं, साउन १२ गते । नेपाल राष्ट्र बैंकले बुधबार १० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गर्दैछ । ७ दिनको यो रिपो साउन १९ गते म्याचुअड हुनेछ ।
रिपोमा बैंक, विकास बैंक र वित्त कम्पनीहरुले लगनी गर्न पाउनेछन् । रिपोमा सहभागी हुन बैंकहरुले दिउसो ३ बजेसम्म अनलाइन बिडिङ गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
बोलकबोलमा परेको बोलबाट भारित औषतमा व्याजदर निर्धाण गरिने राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागका कार्यकारी निर्देशक डा. मिनबहादुर श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।
बैंकिङ प्रणालीमा रहेको लगानी योग्य पुँजीको पर्याप्ता (अधिक तरलता) व्यवस्थापन गर्ने उद्देश्यले राष्ट्र बैंकले रिपो जारी गर्न लागेको कार्यकारी निर्देशक श्रेष्ठले बताए ।-अनलाइनखबरबाट
Post a Comment