Websoft University

www.radiomakalu.com || 021-522512


आप्रवासी शरणार्थीबारे जर्मनीको नीति परिवर्तन नहुने



जर्मन चान्सलर एन्जेला मर्केलले जर्मनीमा भएका श्रृङ्खलाबद्ध आतङ्कवादी आक्रमणपछि प्रतिपक्षी दल तथा केही राजनीतिज्ञद्वारा जर्मनीले मुलुकमा शरणार्थीलाई दिइने प्रवेश दिने नीतिमाथि पुनःविचार गरिनुपर्ने बताएका बेला शरणार्थीलाई हेर्ने नीतिमा परिवर्तन नगरिने बताएकी छन्।


बर्लिनमा ग्रीष्मकालीन बिदामा रहेका चान्सलर मर्केललाई पत्रकारद्वारा के सरकार शरणार्थी विषयमा पुनःविचार गर्ने विचारमा छ भनी सोधिएको प्रश्नमा जर्मनीमा एक हप्ताको समयमा भएका चार आक्रमण दुःखद भए पनि यसबाट सरकारी अधिकारीले आफ्नो धैर्य शक्तिलाई नगुमाएको बताइन्।

आक्रमणकारीले हाम्रो सामाजिक चेतना, खुलापन र समस्यामा परेका मानिसलाई सहयोग गर्ने इच्छाशक्तिलाई कमजोरीका रुपमा सोचे पनि जमर्नी यस्ता कुकृत्यबाट अलिकति पनि नडगमगाउने उनले स्पष्ट पारिन्।

मर्केलले भनिन् - फ्रान्स, बेल्जियम, टर्की र संयुक्त राज्य अमेरिकाको फ्लोरिडामा भएका श्रृङ्खलापूर्ण आक्रमणपछि पनि विवेक तथा सहानुभूतिको प्रयोग गर्दै जिहादी समूहका गतिविधिमाथि नियन्त्रण राख्छौं। रासस
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget