Websoft University

www.radiomakalu.com || 021-522512


उत्तर कोरियालाई कडा कारबाहीको माग


सोल, असार २६ गते । उत्तर कोरियाले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेर बारम्बार क्षेप्यास्त्र परीक्षण गरेकोले उसमाथि कारबाहीको माग गरिएको छ ।

उत्तर कोरियाले शनिबार पनि एक पनडुब्बी क्षेप्यास्त्र परीक्षण गरेकोले दक्षिण कोरियाका तर्फबाट यस्तो माग गरिएको हो ।

उत्तर कोरियाले समुद्रको पूर्वी तटीय क्षेत्रमा पर्नेगरी शनिबार क्षेप्यास्त्र परीक्षण गरेको थियो । उत्तरको यस घटनाको दक्षिण कोरियाले निन्दा गरेको छ ।

दक्षिण कोरियाको रक्षामन्त्रालयले शनिबार प्रकाशन गरेको विज्ञप्तिमा उत्तर कोरियामाथि कडाभन्दा कडा कारबाही गर्न माग गरेको हो ।

शनिबार उत्तरले गरेको यस्तो खालको परीक्षण पानीमा मारहान्ने हो । अमेरिका र दक्षिण कोरियाले उत्तरको समुद्रको पूर्वी तटीय क्षेत्रमा प्रतिरक्षात्मक संयन्त्र राख्ने भनेको दुई दिनपछि फेरि उत्तरले यस्तो परीक्षण गरेको जनाइएको छ ।

उत्तरले यसरी बारम्बार गर्ने गरेको परीक्षणले संयुक्त राष्ट्रसङ्घीय शान्ति तथा निशस्त्रीकरणसम्बन्धी कानुनको उल्लङ्घन गरेको उत्तरले जनाएको छ ।

पछिल्लो समयमा जारी राखेको आणविक परीक्षणका कारण दक्षिण कोरिया तथा अमेरिकाले उसमाथि नाकाबन्दी लगाएका छन् । संयुक्त राज्य अमेरिकाले पनि उत्तर कोरियाका विरुद्धमा नाकाबन्दी लगाएको छ ।

तर नाकाबन्दीले मात्र नपुगेर उत्तरमाथि यस्तो अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घनको आरोपमा कारबाहीको माग दक्षिण कोरियाले गरेको छ ।

दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका तथा संयुक्त राष्ट्रसंघले बारम्बार आग्रह गर्दापनि उसले आणविक परीक्षणको काम नरोक्नाले पनि यो कानुनको पालना हुन नसकेको दक्षिणको दाबी छ । रासस÷एएफपी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget