काठमाडौं, असार २४ गते । यस वर्ष बाढी पहिरोमा परी ४७ जनाको मृत्यु भएको सरकारले जानकारी दिएको छ ।
व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा बाढी पहिरोको क्षतिबारे जानकारी दिँदै गृहमन्त्री शक्ति बस्नेतले असार २३ गतेसम्म भएका बाढी पहिरोका ११२ घटनामा ४७ जनाको मृत्यु,१६ जना बेपत्ता, ५७ जना घाइते भएको बताए ।
बाढी पहिरोका कारण प्युठान, गोरखा, दार्चुला, सिन्धुपाल्चोक, नुवाकोट, लमजुङ, धादिङ, सल्यान, मकवानपुर बढी प्रभावित बनेको उनले जानकारी दिए । जसमा १३८ घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् भने १६० मा आंशिक क्षति भएको छ । अरनिको राजमार्गको ४ किलोमिटर सडक अवरुद्ध भएको छ । पहिरोका कारण पासाङ ल्हामु राजमार्ग, मुग्लिन नारायणगढ सडक लगायतका सडकहरु पनि प्रभावित भएको गृहमन्त्रीले जानकारी गराए।
त्यस्तै, चट्याङका कारण यस वर्ष असार २३ सम्म १ सय १४ वटा चट्याङका घटनामा ६२ जनाको मृत्यु र १ सय ४० जना घाइते भएका छन् ।- रातोपाटीबाट
Post a Comment