Websoft University

www.radiomakalu.com || 021-522512


एचआइभी संक्रमित दिक्षा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

Dikshya-Rimal-Awarded

चितवन, साउन ५ गते। चितवनकी एचआइभी संक्रमित दिक्षा रिमाल अफ्रिकामा अन्तर्राष्ट्रिय अवार्डसहित सम्मानित भएकी छन् । उनलाई १० हजार डलर राशीको अन्तराष्ट्रिय रेड रिवन अवार्ड २०१६ बाट सम्मान गरिएको हो ।

२१ औं अन्तराष्ट्रिय एड्स सम्मेलन २०१६ को अवसरमा आयोजित विशेष समारोहमा दिक्षालाई सम्मान गरिएको हो । नेपालबाट सो अवार्डका लागि २० जना प्रतिस्पर्धामा थिए ।

एचआइभी संक्रमित भएर पनि समाज परिवर्तन र संक्रमितहरुको जीबनस्तर परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै रिमाल सम्मानित भएको जिल्ला विकास समिति चितवनका सामाजिक विकास अधिकृत रामहरी न्यौपानेले जानकारी दिए ।

रिमालले यसअघि एचआईभी संक्रमितको केस स्टडी पुरस्कार र सन् २००५ को मिसेस एचआइभी स्टीमा फि्र कन्टेष्ट अवार्ड समेत पाएकी थिइन् ।

श्रीमानबाट एचआईभी संक्रमित दिक्षाले समाजमा खुलेर विगत एक दशकदेखि सक्रिय रुपमा सामाजिक काम गर्दै आएकी छिन् । उनले ०६२ सालमा चितवनमा ‘सक्रिय महिला प्रतिष्ठान’ नामक सामाजिक संस्था नै स्थापना गरी ३४ जनालाई रोजगारी समेत दिँदै आएकी छिन् ।

प्रतिष्ठानले एचआईभी लागेका मानिसहरुको परीक्षण, हेरचाह, उपचार सहयोग, परामर्श र महिला अधिकारको पक्षमा काम गर्दै आएको छ । प्रतिष्ठानमा ७५ जना एचआइभी संक्रमित बालबालिकाहरुले आश्रय लिइरहेका छन् ।- राजेन्द्र आचार्य, अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget