Websoft University

www.radiomakalu.com || 021-522512


गगन थापासहित तीन जनाद्वारा डा. केसीबारे छलफल गर्न संसदमा प्रस्ताव दर्ता

सुशासन समितिको बैठक बोलाउन माग

त्रिवि शिक्षण अस्पतालमा अनसनरत् वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले राखेका मागबारे ससंदमा छलफल होस् भनेर बिहीबार संसदमा प्रस्ताव दर्ता भएको छ।

जरुरी सार्वजनिक महत्वको प्रस्ताव अन्तर्गत नेपाली कांग्रेसका सांसद गगन थापाले उक्त प्रस्ताव दर्ता गरेका हुन्।

उक्त प्रस्तावलाई सांसद श्याम श्रेष्ठ र धनराज गुरुङले समर्थन गरका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबारे सार्वजनिक रुपमा यति धेरै प्रश्नहरु उठेपछि के देशको संसद मौन बस्न मिल्छ? भन्ने प्रश्न थापाले उक्त प्रस्तावमा उठाएका छन्।

सुशासनका निम्ति विगत १२ दिनदेखि अनसन बसेका डा. केसीको जीवन रक्षाका निम्ति संसदले पहल लिनुपर्ने पनि थापाले उक्त प्रस्तावमा उठाएका छन्। उक्त छलफललाई अबिलम्ब संसदमा प्रवेश दिनुपर्ने पनि थापाको माग छ।

‘केसीका मागका सम्न्धबमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भयो,’ सांसद थापाले सेतोपाटीसँग कुरा गर्दै भने,’अब सभामुखले चाहने हो भने उक्त प्रस्तावमा आज नै छलफल गर्न मिल्छ l’

केसीको स्वास्थ्य स्थिति खस्कँदै गएकाले उनको जीवन रक्षाका निम्ति तुरन्तै उक्त प्रस्तावमा छलफल हुनुपर्ने थापाले माग गरेका छन्।

यसैगरी, थापाले व्यवस्थापिका संसदको सुशासन समितिमा अर्को प्रस्ताव दर्ता गरेका छन्। जसमा केसीको माग सम्बन्धमा उक्त समितिको बैठक अबिलम्ब राख्न उनले माग गरेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग संसदको सुशासन समिति अन्तर्गत पर्छ। सांसद थापाले भने, ‘हामी सामान्य मिडिया रिपोर्टका आधारमा त समितिमा छलफल चलाउँछौं l केसीले प्रमाणसहित आफ्नो आन्दोलन गर्दै हुनुहुन्छ। आन्दोलन भइरहेको छ र केसीको अवस्था खस्कँदै गएको छ। के हामी त्यस सम्बन्धमा छलफल नगरी बस्न सक्छौं?’- सेतोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget