Websoft University

www.radiomakalu.com || 021-522512


डा. केसीविरुद्ध विद्यार्थीको मोर्चाबन्दी, प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने



काठमाडौं, असार २६ गते । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका डा. गोविन्द केसीको अनसनविरुद्ध मेडिकल क्षेत्रका विद्यार्थीहरुले मोर्चावन्दी सुरु गरेका छन् ।

विगतमा उनको आन्दोलन सकारात्मक रहे पनि पछिल्ला दिनहरुमा सिट कटौति, छात्रवृत्ती पाउने विद्यार्थीमा कटौती र हजारौ विद्यार्थीलाई विदेश पठाउने रणनीति देखिएको भन्दै विद्यार्थीहरुले मोर्चाबन्दी सुरु गरेका हुन् ।

शनिवार साँझ मेडिकल क्षेत्रमा आवद्ध बिभिन्न कलेजहरुका विद्यार्थीहरुको एक भेलाले डा. केसीका माग सम्बोधन नगर्न सरकारलाई दवाव दिने निर्णय गरेको छ । गोविन्द केसीको पटक-पटकको अनसनका कारण समग्र चिकित्सा क्षेत्रमा असर पुगेको उनीहरुको ठहर छ ।

मेडिकल शिक्षाको बर्तमान र भबिष्यबारे जानकारी गराउन गरिएको भेलाले केसीको अनसनले विद्यार्थी बाहिर जान बाध्य बनाएको उल्लेख गरे । विद्यार्थीहरुले आफ्नै देशमा बसेर अध्ययन गर्न पाउने आफूहरुको नैसर्गिक अधिकारप्रति केसीले लात हानेको आरोप लगाए ।

एमबीबीएस अध्ययनरत डा. खगेन्द्र झाले पटक-पटकको अनसनले आफूहरु मारमा परेको बताए । उनले भने, ‘विगतमा केसीको अनसनप्रति हामी एक भएर समर्थनमा लागेका थियौं तर जब उहाँको अनसनले माफियाको रुप लियो त्यसबाट हामी अत्यन्नै मर्मातत भएका छौं । हामीले शिक्षा र स्वास्थ्यको सुधार होला भन्ने सोचेर समर्थनमा लागेकै हो तर आज उहाँको अनसनले आमीले पढ्न पाउने अधिकारलाई समेत नेपालमा बन्देज लगाउन पुग्यो ।’

भेलामा एमबीबीएस, बीडिएस, एमडी, एमडिएसमा अध्ययनरत ४९ जना विद्यार्थीहरु सहभागी भएका थिए । उनीहरुले केहिदिनमै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने बताए ।- अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget