Websoft University

www.radiomakalu.com || 021-522512


डोटीमा ‘पावर’ बजेट फ्रिज



डोटी, साउन २ गते  । राजनीतिक पहुँचका आधारमा आर्थिक वर्ष सकिनै लाग्दा निकासा भएको ‘पावर’ बजेट पनि डोटीमा फ्रिज भएको छ । राजनीतिक दलका नेताहरुको भनसुनका आधारमा आउने गरेको अतिरिक्त बजेटलाई ‘पावर बजेट’का रुपमा लिने गरिएको छ ।

डोटी जिल्लाका बिभिन्न पाँच योजनाका लागि एक करोड ७३ लाख बजेट निकासा भएकोमा जम्मा ७१ लाख १० हजार नौ सय ११ रुपैयाँ मात्र खर्च भएको छ ।

स्थानीय बिकास अधिकारी कृष्णराज गौतमका अनुसार उपभोक्ताहरुले गरेको कामको प्राविधिक मूल्यांकन गरी हुन आएको रकम मात्रै भुक्तानी गरिएको छ ।

असार २ गते डोटी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत तिलाडि-मुलेचौर र पुराना चाया सडक निर्माणका लागि ५० लाख, छतिवनदेखि रिठा कमला नदी सडकमा ३० लाख र चवाराचौतारा-सिमचौर बस्ती सडक निर्माणका लागि भन्दै १० लाख बजेट निकासा भएको थियो ।

यस्तै असार १५ गते डोटी क्षेत्रनम्बर १ अन्तरगत कुँडीगडा, गाँजरी र पोखरी सडक निर्माणमा ३७ लाख र चौखुट्टे, जौमाला, खान पोखरी सडकमा ४६ लाख रुपैयाँ निकासा भएको थियो ।



दुबै क्षेत्रको रकम असार २८ गते मात्रै निकासा भएको जिल्ला बिकास समिति डोटीका कार्यक्रम अधिकृत टेकबहादुर खड्काले जानकारी दिए । उनले भने, ‘हामीले बिगतमा कामै नगरी भुक्तानी दिने गरेको भनी जिबिसलाई लाग्ने आरोपलाई ध्यानमा राख्दै प्राविधिक मूल्यांकनका आधारमा भुक्तानी दिएका छौं, उपभोक्ताले जति काम गर्‍यो त्यति पैसा पायो ।’ उनले बिगतमा जे जस्तो भएपनि अब काम अनुसार मात्रै भुक्तानी गरिने वताए ।

आफूले धेरै प्रयास गरेर पावर बजेट हाल्न लगाएको तर खर्च हुन नसकेकोमा दुःख लागेको बताउँछन् सानागाउँका अर्जुन खड्का । उनले कुँडीगडा-गाँजरी-पोखरी सडक निर्माणका लागि ‘पावर बजेट’ निकासा गर्न लगाउन आफू तीन महिना काठमाडौं बसेको समेत दावी गरे ।

तिलाडि मुलेचौर र पुराना चाया सडक निर्माणका लागि आएको ५० लाखमा २६ लाख १३ हजार दुई ४४ रुपैयाँ बराबरको मात्रै काम भएको प्राविधिक मूल्यांकनले देखाएको छ । यस्तै छतिवनदेखि रिठा कमला नदी सडकको ३० लाखमा २२ लाख १५ हजार सात सय १०, चवाराचौतारा सिमचौर बस्ती सडकको १० लाखमा नौ लाख २० हजार चार सय ५८, कुँडीगडा गाँजरी र पोखरी सडकको ३७ लाखमा नौ लाख ६० हजार ६ सय ६२ र चौखुट्टे जौमाला खान पोखरी सडकको ४६ लाखमा चार लाख आठ सय ३७ रुपैयाँ वरावरको मात्रै काम भएको मूल्यांकनले देखाएको छ ।



जिल्ला प्राविधिक कार्यालय डोटीका निमित्त प्रमुख राम खत्रीले जति काम भएको सोही अनुसारको भुक्तानी दिइएको बताए । उपभोक्ताहरुले काम नगर्ने दोष जति प्राविधिकलाई लगाउने काम भइरहेको बताउँदै उनले भने, ‘हामीले भएको कामको मूल्यांकन गर्ने हो, नभएको कामको मूल्यांकन गरेर क्वान्टिटी बढाउन सकिँदैन ।’-रामहरी ओझा, अनलाइनखबरबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget