Websoft University

www.radiomakalu.com || 021-522512


अविश्वासको प्रस्ताव पारित भए पनि प्रधानमन्त्री पदमुक्त नहुने उपप्रधानमन्त्रीको दाबी



उपप्रधानमन्त्री तथा रक्षामन्त्री भिम रावलले प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पारित भए पनि संविधानले नयाँ सरकार गठनको परिकल्पना नगरेकाले प्रधानमन्त्री पदमुक्त नहुने दाबी गरेका छन्।

रिपोर्टस क्लबले सोमबार काठमाडौंमा गरेको साक्षात्कारमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री रावलले संविधानले संक्रमणकालमा सरकार परिवर्तनको कल्पना नगरेको दाबी गर्दै अविश्वासको प्रस्ताव पारित भएपनि प्रधानमन्त्री ओली संघीय संसद्को निर्वाचन नभएसम्म पद्मा बहाल रहने बताए।

उनले नेकपा एमालेको नेतृत्वको सरकारले निर्वाचन गराउने प्रमुख तीन दलको सहमति अनुरुप नै संविधानमा संक्रमणकालका लागि एउटा मात्र सरकारको कल्पना गरिएको दाबी गरे।

उनले संविधानको संक्रमणकालीन व्यवस्था अन्र्तगत रहेको धारा २ सय ९८ संविधान जारी भएपछिको पहिलो सरकारका हकमा मात्र आकर्षित हुने बताए।

सत्तारुढ नेकपा एमालेका उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री रावलले व्यवस्थापिका संसद्को साउन ६ गते बस्ने बैठकमा नेकपा एमालेले बजेट पास गर्ने कार्यसूची हटाइएको विषयमा सभामुख ओनसरी घर्तीसमक्ष प्रश्न गर्ने र सभामुख घर्तीको जवाफ अनुसार एमालेले आवश्यक कदम चाल्ने बताए। सेतोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget