Websoft University

www.radiomakalu.com || 021-522512


प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने



नेकपा ९माओवादी केन्द्र० बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिन नहुने ठहर गरेको छ ।




प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ बसेको सत्तारुढ दलको बैठकपछि उपप्रधान, महिला, बालबालिका तथा समाजकल्याणमन्त्री सिपी मैनालीले संविधान कार्यान्वयनको अहिलेको समयमा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय अप्रत्याशीत र अव्यावहारिक रहेको निष्कर्ष निकालेको बताउनुभयो ।

उहाँले गठबन्धन दलहरुसँग कुनै छलफल नै नगरी माओवादीले सरकारबाट बाहिरिने निर्णय गर्नुले मुलुकको स्थिरतामा व्यवधान ल्याउने बताउनुभयो । बैठकमा गठबन्धनमा बाँकी रहेका १५ दल मिलेर अहिलेको चुनौतीको सामाना गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

अर्का उपप्रधान, गरिबी निवारण तथा सहकारीमन्त्री चित्रबहादुर केसीले प्रधानमन्त्रीले राजीनामा नदिने र संसदीय पद्धतिअनुरुप अघि बढ्ने निर्णय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसअघि संविधान बन्न नदिने, वर्तमान सरकार निर्माण हुन रोक्न खोज्ने खेलकै निरन्तरताका रुपमा अहिले सरकार परिवर्तनको खेल भएको हो ।”

यसैबीच, पछिल्लो राजनीतिक घटनाक्रमबारे थप निर्णय लिन नेकपा ९एमाले०को स्थायी कमिटीको बैठक अहिले बालुवाटारमा बसिरहेको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget