Websoft University

www.radiomakalu.com || 021-522512


प्यूठानमा बाढीपहिरोः मृतकको संख्या ३८ पुग्यो

४६२ परिवार विस्थापित, राहत पुर्‍याउन समस्याPyuthan-Pahiro,-Photo-Bijaysing-Bharati
प्यूठान,साउन १४ गते । प्यूठानमा बाढी पहिरोका कारण ज्यान गुमाउनेहरुको संख्या ३८ पुगेको छ । शुक्रवार थप दुई शव फेला परेसँगै मृतकको संख्या ३८ पुगेको हो । अझै पनि प्यूठान लुंगमा पहिरोमा पुरिएर काली परियार र फोप्लीकी चमेली पुन वेपत्ता छन् ।

मृत्यु हुनेहरुमा फोप्ली गाविसका मात्र २५ जना छन् । त्यस्तै खवांगका ३, अर्खाका ३, लुंंगका ३, पुँजाका २, डाम्रीका २ र माझेकोटमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १० पुरुष, १३ महिला, ८ बाल र ७ बालबालिका छन् । बाढी र पहिरोका कारण ७ जना घाइते भएका छन् ।

४६२ परिवार विस्थापित
पहिरोका कारण १३ गाविसका ४६२ परिवार पूर्ण तथा आंशिक रुपमा विस्थापित भएको तथ्यांक छ । जस अनुसार फोप्लीमा १७०, अर्खामा ११३, पुँजामा ६२, खवांगमा ३२, लुंगमा १७, स्याउलिवांगमा १८, लिघामा १७, लिवांगमा ९, डामृमा ८, रजवारामा ६, प्यूठान नगरपालिका १३ विजयनगरमा ४, खुंगमा ४, भिंगृमा १, ओखरकोटमा १ परिवार विस्थापित भएका हुन्छ ।

प्यूठान प्रहरीले भने कुल ३९६ परिवारका २ हजार १८० जना विस्थापित भएको पुष्टि गरेको छ । विस्थापितहरुको यो प्रारम्भिक जानकारी भएको बताउँदै प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले विस्थापितहरुको संख्या अझै बढ्न सक्ने बताएका छन् । बाढी र पहिरोले पुर्‍याएको क्षतिको विवरण संकलन भैरहेको उनले बताए ।
गाउँ-गाउँमा टेलिफोन सेवाअवरुद्ध भएका कारण पनि तथ्यांक संकलन तथा ग्रामीण क्षेत्रको पछिल्लो अवस्थाबारे थाहा हुन सकेको छैन ।
राहत पुर्‍याउन समस्या
प्युठानमा शुक्रबार पनि पानी परिरहेको छ । दिनभर पानी परिरहेको र ठाउँ-ठाउँमा सडक भत्किएकाले राहत पुर्‍याउन समस्या भएको छ ।
सबैभन्दा बढी प्रभावित फोप्ली, खवाङ र अर्घा गाविसमा पुग्न कष्टकर भएकाले राहत सामाग्री पुर्‍याउन नसकिएको प्यूठान प्रहरी प्रमुख डिएसपी रञ्जितसिंह राठौरले बताए । सडकमा हिँडडुल गर्नै समस्या रहेकाले हेलिकप्टरको प्रयोग विना राहत पुर्‍याउन असम्भव रहेको उनले बताए ।

सडक सञ्चालनका लागि सम्वन्धीत कार्यालयहरुलाई निर्देशन दिइएको प्रजिअ पन्तको भनाई छ । जिल्ला दैविप्रकोप उद्धार समितिको बैठक बोलाई हेलिकप्टर ल्याउन पहल गरिने उनले बताए ।
नेपाली सेनाको राहत पनि रोकियो
शुक्रवार पहिरो पीडितहरुका लागि राहत पठाउने तयारी गरेको गोरख बक्स गणले मौसम खरावीका कारण पुर्‍याउन सकेको छैन । दाङबाट नेपाली सेनाको हेलिकप्टर आउने र त्यसै मार्फत राहत पुर्‍याउने तयारी सेनाले गरेको थियो । नेपाली सेना, सैनिक श्रीमती संघ र रोटरी क्लवले राहतको तयारी गरेका थिए ।

प्यूठानमा बाढि तथा पहिरोका कारण घटना भएको पाँच दिन वितिसक्दा पनि राज्यले उचित ध्यान दिन नसकेको पीडितहरुले गुनासो गरिरहेका वेला रक्षा तथा गृहमन्त्री भिम रावल प्यूठान आउने कार्यक्रम अवरुद्ध भएको छ ।
विस्थापित समस्यामा
विस्थापितहरुलाई स्थानीय विद्यालयहरुमा राखिएको छ । विस्थापितको संख्या धेरै भएकाले ठाउँ साँघुरो भएको छ । दिसा, पिसाब तथा फोहरको उचित व्यवस्थापन नहुँदा महामारी फैलिने खतरा रहेको स्थानीयले बताएका छन् ।
ठाकुरभुमि प्रावि र अम्बिका मावि फोप्लीमा आश्रय लिइरहेका फोप्लीका विस्थापित, खवांग र अर्खामा सामुदायिक भवनमा आश्रय लिइरहेका विस्थापितहरु समस्यामा पर्न थालेको त्यहाँबाट स्थानीयले जानकारी गराएका छन् । विस्थापितहरु एकैठाउँ भेला भई बस्दा विभिन्न रोगहरुको महामारी फैलन सक्ने खतरा देखिएको फोप्ली गाविसका सामाजिक परिचालक युवराज भण्डारीले जानकारी दिए ।

खानेपानीका पाइपहरु पहिरोले पुरिँदा बलेनीको फोहोर पानी खान बाध्य भएका छन् । राहत सामाग्रीसँगै प्राथमिक उपचारका औषधिहरु, पानी शुद्धिकरण गर्ने पिउस, सलाइन समावेश गर्न प्रजिअलाई आग्रह गरेको भण्डारीले सुनाए ।-विजयसिंह भारती, अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget