Websoft University

www.radiomakalu.com || 021-522512


उपत्यकामा बिना अनुमति डिप बोरिङ, कारबाही न्यून


काठमाडौँ, असार २१ गते । काठमाडौँ उपत्यकामा ‘डिप बोरिङ’ गरी पानी निकाल्दा काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डबाट अनुमति लिनुपर्ने व्यवस्था भए पनि अहिलेसम्म चार सय जतिले मात्र अनुमति लिएका छन् । तीमध्ये दुई सय डिप बोरिङले नवीकरण गरेका छैनन् ।
यस्तै दुई सयको हाराहारीमा नयाँ अनुमतिका लागि निवेदन आएको र ती पानी निकाल्न योग्य भए वा नभएको विषयमा बोर्डको तर्फबाट बुझ्ने काम भइरहेको बोर्डले जनाएको छ । बोर्डका अनुसार उपत्यकामा दुई हजारभन्दा बढी ‘डिप बोरिङ’ रहेको अनुमान गरिएको छ भने अनुमति लिनेको सङ्ख्या ४१४ मात्रै छ । डिप बोरिङ भन्नाले सय फिटभन्दा बढी गहिराइबाट पानी निकालेर प्रयोग गर्नु हो ।
भूमिगत स्रोतको पानी निकाल्ने तथा उपभोग गर्ने अनुमतिपत्र लिनेसम्बन्धी निर्देशिका २०७१ जारी गरी उपत्यकामा डिप बोरिङबाट भूमिगत पानी निकाल्ने जो कोहीले के प्रयोजनका लागि हो स्पष्ट खुलाइ अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ ।
निर्देशिकामा अनुमति नलिइ सञ्चालन भइरहेका डिप बोरिङलाई बोर्डको नियमावली २०६४ अनुसार बढीमा ५० हजार रुपियाँसम्म जरिवाना गर्न सकिने भनिएको छ तर अहिलेसम्म दुई÷चार वटाबाहेक अरुलाई कारबाही गरिएको छैन ।
निर्देशिका अनुसार उपत्यकामा सञ्चालित सबै डिप बोरिङले अनुमति लिए वा नलिएको अनुगमन गर्ने र कानुन अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने अधिकार बोर्डमा छ ।
बोर्डका सूचना अधिकृत योगेन्द्र बमले निर्देशिका अनुरूप उपत्यकामा सञ्चालित डिप बोरिङको हालैबाट अनुगमन भइरहेको, अनुमति नलिई सञ्चालन भएकालाई अनुमति लिन आग्रह गरिएको र दोस्रो÷तेस्रोपटक आग्रह गर्दा अटेर गरेमा कारबाही गरिने जानकारी गराउनुभयो ।
बमले भन्नुभयो, अनुगमनका क्रममा एक÷दुई ठाउँमा व्यावसायिक रूपमा सञ्चालित डिप बोरिङले स्थानीयलाई असर गर्ने गरी पानी तानेको पाइएकाले त्यस्तालाई तत्काल बन्द गर्न निर्देशन दिएका छौँ । निर्देशन अनुसार एक÷डेढ हप्तामा ती संस्थाले डिप बोरिङ बन्द गर्न अटेर गरेमा पुनः अनुगमन गरेर कानुन अनुसार जरिवाना गरी पानी निकाल्न प्रयोग गरेका उपकरण जफत गरिने उहाँको भनाइ छ ।
गत वर्ष उपत्यकाका अन्नपूर्ण होटलसहित तीन÷चारवटा पाँचतारे होटलले अनुमति नलिई सञ्चालित डिप बोरिङको अनुगमन गरी जरिवाना गरिएको थियो ।
बोर्डको डिप बोरिङ अनुमति शाखाका प्रमुख एवम् इन्जिनियर बोधराज दाहालका अनुसार डिप बोरिङसम्बन्धी निर्देशिका नै नयाँ भएकाले यस विषयमा पर्याप्त सूचना नपाएर पनि कतिपय व्यक्ति अनुमति लिन नआएको अनुगमनका क्रममा पाइएको छ ।
निर्देशिकामा उपत्यकामा सञ्चालित डिप बोरिङको सङ्ख्या र पानी गुणस्तरको अवस्था जाँच गर्ने अधिकार बोर्डलाई रहे पनि केयूकेएलमार्फत डिप बोरिङबाट निकालेका पानीबाहेक अन्य निजीस्तरबाट निकालिएका डिप बोरिङको गुणस्तर परीक्षण नभएको दाहालले जानकारी गराउनुभयो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget