Websoft University

www.radiomakalu.com || 021-522512


आजदेखि एक दिनमै राहदानी सेवा, मन्त्री थापाद्वारा उद्घाटन




काठमाडौं,असार  १९  गते   ।आजदेखि सेवाग्राहीले एकै दिनमै राहदानी पाउने भएका छन् । उपप्रधान तथा परराष्ट्रमन्त्री मन्त्री कमल थापाले आइतबार सो सेवाको औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।

चन्द्रकाली बुढाथोकीलाई २५ मिनेटभित्रै राहदानी प्रदान गर्दै थापाले सो सेवाको औपचारिक उद्घाटन गरे । उद्घाटन समारोहमा बोल्दै थापाले भने, ‘एकै दिनमा राहदानी पाउने व्यवस्था हुने इतिहासको कोसेढुंगा हो । तर, १५ हजारमा मात्र यो पाइने हुँदा यो सेवा पैसा हुनेका लागि मात्र सहज हुने देखियो । ५ हजारमै सर्वसाधारणले यही सेवा पाउने भए झनै राम्रो हुने थियो ।’
ek din ma rahadani passport (1)


यसअघि राहदानी विभागले द्रुतसेवा अन्तरगत ७ दिनमा राहदानी दिने व्यवस्था रहेकोमा गत कार्तिक देखि ५ दिनमा दिने व्यवस्था गरेको थियो । त्यस्तै अषाढ १९ देखि १० हजारमै लिई ३ दिनमा नै राहदानी दिने व्यवस्था गरेको थियो ।
नयाँ व्यवस्था अनुसार १५ हजार रुपैयाँ तिरे आवदेन पेश गरेकै दिनमा र १२ हजार रुपैया दिने दोस्रो दिनमा राहदानी पाउन सकिनेछ ।

सेवाग्राहीको सहजतालाई मध्यनजर गर्दै आवेदकले आफै कम्प्युटरबाट फारम भरी विभागमा पठाउन सक्ने गरी पूर्व फारम दर्ता प्रणाली पनि समेत लागु गरिएको छ । अबदेखि राहदानी विभागबाट सेवा लिन चाहने व्यक्तिहरुले फारम भर्ने तथा छुट्टै फोटो खिच्नुपर्ने छैन ।

अनलाइन फारम भरी बारकोड लिने तथा नागरिकताको सक्कल तथा सोको आधिकारिता प्रमाणित गरी जिल्ला प्रशासन कार्यालयले दिएको सिफारिश पत्र लिएर सिधै राहदानी विभाग आउन सकिनेछ ।
ek din ma rahadani passport (2)

अनलाइन फारमका लागि विभागको वेभसाइटwww.nepalpassport.gov.np मा लगइन गर्न सकिनेछ ।

जिल्ला प्रशासन कार्यालय तथा ईलाका प्रशासन कार्यालय एवम् नेपाली राजदूतावास तथा महावाणिज्यदूतावास मार्फत पेश ुहने आवेदन फारमहरु राहदानी विभागमा प्राप्त भएको २४ घण्टाभित्रै राहदानी तयार पठाउने व्यवस्था गरिएको विभागले जनाएको छ ।

पूर्व फारम दार्ता प्रणाली मार्फत राहदानी लिने व्यवस्था न्युयोर्क, वासिङटन, मलेसिया, अबुधावी, कतार, जेदार, रियाद, हङकङ र लण्डन लगायतका महावाणिज्य दूतावसमा उपलब्ध गरिएको विभागले जानकारी दिएको छ ।रातोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget