Websoft University

www.radiomakalu.com || 021-522512


घुस रकमसहित शाखा अधिकृत पक्राउ

दमक,घुस रकमसहित एक सरकारी अधिकृतलाई आज दिउँसो दमकबाट अख्तियारले नियन्त्रणमा लिएको छ । एक जना सेवाग्राहीको काममा घुस रकम लिँदै गरेको अवस्थामा जिल्ला प्रशासन कार्यालयअन्तर्गतको शरणार्थी समन्वय एकाइका शाखा अधिकृत निर्मलराज खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीको टोलीले रङ्गेहात पक्राउ गरेको हो ।




खनालले सेवाग्राहीबाट रु एक लाख घुस लिएको आरोप छ । तर, अनुसन्धान अधिकारीहरुले भने सेवाग्राहीको नाम र सेवाका बारेमा खुलाउन चाहेको छैन ।

चन्द्रगढी दरबन्दी भएका उहाँले सेवाग्राहीको कामबापतको अवैध घुस रकम दमक–१० स्थित गोर्खा डिपार्टमेन्ट स्टोर्समा लिँदै गर्दा पक्राउ परेका अख्तियारका प्रहरी नायव उपरीक्षक रमेश बस्नेतले बताउनुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget