सत्ता साझेदार दलहरुको बैठक आज बस्ने भएको छ । सत्तारुढ एमाले र माओवादीबीच पछिल्लो समय बढेको दूरी कम गर्न प्रधानमन्त्री केपी ओलीलेसत्ता साझेदार दलको बैठक डाक्नु भएको हो ।
पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो बेलुकाका लागि बैठक बोलाए पनि अबेरसम्म संसद बैठकमा रहनु परेकाले बैठक आज बेलुका ६ बजेका लागि सारिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो । एमालेसँगको ९ बुँदे सहमति हुँदा बजेट पारित गरेपछि आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउने भद्र सहमति भएको दावी गर्दै माओवादी केन्द्रले सहमतीय सरकार बनाउने पहल थालेपछि सत्तारुढ मुख्य दुई दलबिच केही खटपट देखिएको छ ।
Post a Comment