Websoft University

www.radiomakalu.com || 021-522512


भैरहवा एयरपोर्टको २० प्रतिशत काम सकियो, वर्षामा पनि निर्माण जारी


Gautam Buddha International Airport (6)
काठमाडौं, असार २८ गते । भैरहवामा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य २० प्रतिशत सकिएको छ । विमानस्थलमा जमिनको काम करीव सकिन थालेको छ ।

यो विमानस्थल सन् २०१७ डिसेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । भूकम्प, नाकाबन्दी र निर्माण समाग्री रोडा बालुवाको अभावले विमानस्थल निर्माण कार्यमा केही ढिलाई भएपनि अप्ठ्यारो काम सकिन लागेको परियोजना प्रमुख ओम शर्माले बताए ।

परियोजनाका लागि आवश्यक पर्ने गिट्टी बालुवाको सहज आपूर्ति नहुँदा निर्माण कार्य तिब्र गतिमा अगाडि बढाउन समस्या भएको छ । विमानस्थलमा दैनिक ३०० ट्रक रोडा बालुवा आवश्यक परेपनि स्थानिय प्रशासनले स्वीकृति नदिँदा नवलपरासीबाट ल्याएर काम चलाइरहेको शर्माले बताए ।

‘हामीले नवलपरासीको दुम्किवासस्थित विनय खोलाबाट दैनिक १०० ट्रक रोडा बालुवा ल्याएर काम गरिरहेका छौं’ परियोजना प्रमुख शर्माले भने– ‘त्यहाँबाट आउन जान करीव २०० किलोमिटर दुरी पार गर्नुपर्छ ।’

वर्षात् सुरु भएसँगै कामको ‘भोल्यूम’ पनि घटेको छ । ‘वर्षाभरी दैनिक १०० ट्रक रोडा बालुवाले काम चलाउन सकिन्छ’ शर्माले भने– ‘वर्षा सकिने वित्तिकै तिनाउँ स्थानिय नदिबाट रोडा बालुवा ल्याउन दिने आश्वासन प्राप्त भएको छ ।’ नवलपरासीको विनय खोलाबाट अझै दुई महिना रोडा बालुवा ल्याइउने उनको भनाई छ ।

यस्तो भन्नेछ विमानस्थल, भिडियोमा हेर्नुहोस्

विभिन्न कारणले विमानस्थल निर्माण कार्य ६÷७ महिना ठप्प भएपनि तोकिएकै समयमा सम्पन्न गर्ने लक्ष्य राखिएको शर्माले बताए । विमानस्थल निर्माणका लागि प्रयाप्त रोडा बालुवा नजिकै उपलब्ध भयो र अन्य अवरोधहरु नभएमा तोकिएकै समयभित्र निर्माण सम्पन्न गर्न सम्भव रहेको उनी बताउँछन् ।

‘विमानस्थलमा अहिलेसम्म जति निर्माण सम्पन्न भयो, त्यो सबै अप्ठ्यारो काम थियो, जमिनको काम गर्न धेरै समय लाग्छ, तर उपलब्धी थोरै देखिन्छ’ परियोजना प्रमुख शर्माले भने– ‘अबको काम सजिलो भएकाले तिब्र गतिमा अगाडि बढ्ने छ ।’

विमानस्थलको निर्माण कार्य २० प्रतिशत सम्पन्न गर्न करीव डेढ वर्ष लाग्यो । अब २५ प्रतिशत काम पुर्याउन तीन महिनामात्र लाग्ने शर्माको भनाई छ । वर्षा अगाडि जमिनको काम सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । यो काम लगभग पुरा हुन लागेको उनले बताए ।

जमिनको काम सम्पन्न भएमा पानी परेको बेलामा पनि निर्माण कार्य जारी राख्न सहज हुन्छ । अहिलेसम्म चार मुख्य जटिल काम सम्पन्न भइसकेको शर्माले बताए । घाँग्राखोला डाइभर्सन भइसकेको छ । साथै, धावनमार्गमा माटो फिलिङ गर्ने र टर्मिनल भवनको भूमिगत संरचना ढलान गरी जमिनको सतहमाथी पु¥याउने काम भइसकेको छ ।

‘तीन हजार मिटर धावनमार्गमा माटो फिलिङ भइसकेको छ, धावनमार्गमा पर्ने खालामा पनि माटो फिलिङ भइसकेको छ’ शर्माले भने– ‘अब वर्षामा जमिनमाथिको निर्माण कार्य जारी रहन्छ ।’ अन्तर्राष्ट्रिय टर्मिनल भवन ५ मिटर अन्डर ग्राउन्ड हुनेछ । जहाँ विमानस्थलका प्राविधिक इक्वीपमेन्ट राखिने छ ।



यो विमानस्थल एडीबीको ऋण सहयोगमा बन्न लागेको हो । चीनको नर्थ वेष्ट कम्पनीले भौतिक संरचना निर्माणको काम २०१७ को डिसेम्बरमा सम्पन्न गर्नेगरी ६ अर्ब २२ करोड ५१ लाख २० हजार २७ रुपैयाँमा ठेक्का लिएको छ । प्राविधिक सामान फिटिङ गरेर विमानस्थल सञ्चालनमा आउँदा लागत ८ अर्ब ५५ करोड पुग्ने अनुमान छ ।

यो फोर ई स्तरको विमानस्थल हो । विमानस्थलको धावनमार्ग तीन हजार मिटर लामो हुने छ । छेउमा ३÷३ सय मिटर लामो रन वे इन सेफ्टी एरिया निर्माण हुने छ । अहिले अन्तरिक उडान भइरहेको धावनमार्गलाई ट्वाक्सी वे (जहाज पार्किङ गर्न लैजाने बाटो)मा परिणत गरिने छ ।

विमानस्थलमा ६ वटा अन्तराष्ट्रिय उडान भर्ने जहाज र ४ वटा आन्तरिक उडान भर्ने जहाज पार्किङ गर्न मिल्ने छ । पछिल्लो समय त्रिभुवन विमानस्थल अति व्यस्त हुँदा पार्किङमा समस्या हुँदै आइरहेको छ । भूकम्प र नाकाबन्दीका कारण निर्माण कार्य केही पछाडि सरे पनि छिट्टै सम्पन्न हुने परियोजना प्रमुख शर्मा बताउँछन् ।

७९ विगाहा क्षेत्रफलमा फैलिएको आन्तरिक विमानस्थललाई अन्तर्रा्ष्ट्रिय विमानस्थलमा स्तरोन्नती गर्न पहिलो चरणमा २०८ विगाहा जग्गा अधिग्रहण गरिएको थियो । दोस्रो चरणमा अधिग्रहणका लागि प्रस्ताव गरेको १४० विगाहा जग्गा स्वीकृत भई अधिग्रहणको प्रकृयामा रहेको छ ।

परियोजनाले विमानस्थलको लागि तेस्रो चरणमा थप २८८ विगाहा जग्गा अधिग्रहणको प्रस्ताव गरेको छ । सबै जग्गा अधिग्रहण पश्चात विमानस्थलको कुल क्षेत्रफल ७१५ विगाहा पुग्ने छ ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget