Websoft University

www.radiomakalu.com || 021-522512


बेलायतमा नर्सको ‘खडेरी’, १५ हजार नर्सलाई भिषा सहज गराउन सुझाव

nurse

एजेन्सी – पछिल्ला वर्ष बेलायतमा नर्सहरुको चरम अभाव देखिन्छ । यो अभाव अगामी दिनमा पनि निरन्तर रहने र केही वर्षपछि अवस्था झन् जटिल हुने विज्ञहरुले चेतावनी दिएका छन् ।

नर्सको ‘वर्कफोर्स’ सम्बन्धि त्यहाँको एउटा सरकारी समितिले नर्सको अभावबारे रिपोर्ट सार्बजनिक गरेको केही महिनापछि विज्ञहरुको यस्तो चेतावनी आएको हो । विज्ञहरुले तयार पारेको एउटा अप्रकाशित रिपोर्टमा सो चेतावनी दिइएको छ ।


बेलायतको नर्सिङ सम्बन्धि तथ्यांक

निजी र सरकारी गरी ६ लाख नर्स रहेको अनुमान

हरेक १० जना नर्समध्ये एउटा पोेस्ट खाली रहेको छ

२९ प्रतिशत नर्स ५० वर्षमाथिका छन्

बेलायतमा कूल कार्यरतको १३ प्रतिशत नर्स विदेशबाट आएका छन्

नर्सिङमा आबद्धहरुको पाको उमेर, सरकारी योजना प्रभावकारी नहँुदा बेलायतमा आगमी दिनमा नर्सको खडेरी हुन सक्ने उनीहरुले चेतावनी दिएका हुन् । यसको अतिरिक्त गत जुन २३ मा बेलायत युरोपेली युनियनको सदस्यबाट बहिर्गमन हुने निर्णय लिएपछि नर्सिङको जनशक्तिमा झनै ह्रास आउन सक्ने आकलन गरिएको छ ।

सरकारी समितिको रिपोर्ट अनुसार नर्सिङ नियमावलीलाई खुकुलो बनाई थप १५ हजार नर्सलाई सहज भिसा उपलब्ध गराउन सरकारलाई सुझाब दिइएको थियो । ईयु जनमतसंग्रको पूर्व सन्ध्यामा तयार परिएको रिपोर्ट विशेष कारणबश प्रकाशन गरिएको छैन । तर अहिले समस्याले बिकारल रुप लिएको खुलासा भएको हो ।

यसअगाडि नै बेलायतमा नर्सहरुको अभाव भएको बेलायती स्वास्थ्य विभागले जनाएको थियो । सो विभागका अनुसार हरेक तीन नर्सहरुमध्ये एक जना नर्स ५० वर्षमाथिका छन् । देशमा आवश्यक नर्सको पूर्ती गर्न नसक्ने पनि चेतावनी पनि विभागले दिएको थियो ।

बेलायतमा त्यहाँको स्वास्थ्य विभाग अन्तर्गत ३ लाख ६० हजार नर्स रहेका छन् ।

प्रकाशित हुन बाँकी रहेको सो अध्ययनले एनएचएस (बेलायतको स्वास्थ्य सेवा विभाग) को वर्कफोर्स प्लानिङको आलोचना गरेको छ । सन् २००९ देखि २०१३ को बीचमा नर्सिङ तालिममा १७ प्रतिशतले कटौती आएको जनाएको छ ।

एनएचस विदेशी नर्समा निर्भर रहने गरेको र ती नर्सहरुले छोडिएमा स्थिति भयाबह हुने बताइएको छ । पछिल्ला केही वर्षमा एक चौथाई नर्स विदेशबाट भर्ना गरिएको छ । ती मध्ये एक तिहाई युरोपेली युनियनसँग आबद्ध मुलुकका रहेका छन् । तर बे्रक्जिटपछि ईयूका नर्स स्वदेश फर्किने अनुमान गरिएको छ ।

स्वेदशमै उत्पादन गरिएका नर्सहरुलाई पुन सेवामा फर्काउने सरकारको मुख्य प्राथमिकता भएको स्वास्थ्य विभागका प्रवत्ताले बताए ।

बे्रक्जिटका कारण ईयूबाट बेलायत आउने नर्सको संख्या रोकिने रिर्पोट तयार पार्ने लेखिका रयाचल एमको अनुमान छ । गत वर्षमात्र बेलायतको सार्बजनिक लेखा समितिको एउटा रिपोर्टमा बेलायतमा नर्सको अभाव रहेको भन्दै सरकारलाई गम्भीर हुन निर्देशन दिइएको थियो ।- स्वास्थ्य खबरपत्रिका

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget