Websoft University

www.radiomakalu.com || 021-522512


विद्युत् महसुलमा भारी बृद्धि

काठमाडौँ , असार १८ गते ।. विद्युत् महसुल निर्धारण आयोगले साउन १ देखि लागू हुने गरी बिजुलीको महसुलमा भारी वृद्धि गरेको छ । आयोगको बिहीबार बसेको बैठकले विद्युत् प्राधिकरणको सिफारिसमा कम्तीमा ११.२५ देखि २२.१५ प्रतिशतसम्म महसुल वृद्धि गरेको हो ।



आयोगले बर्सेनि घाटामा गएको प्राधिकरणलाई आर्थिक संकटमा पर्न नदिन महसुल वृद्धि गर्नुपरेको तर्क अघि सारेको छ । प्राधिकरण वार्षिक ५ अर्ब रुपैयाँभन्दा बढी घाटामा छ । महसुल वृद्धिबाट प्राधिकरणले वार्षिक थप साढे ५ अर्ब रुपैयाँ बराबर आम्दानी हुने दाबी आयोगको छ ।

प्राधिकरणको कुल बिजुलीको २८ प्रतिशतसम्म चुहावट हुँदै आएको छ । प्राधिकरण महसुल कम भएर होइन चुहावटका कारण बर्सेनि घाटामा गएको हो । प्राधिकरणले चुहावट घटाउनेतर्फ कुनै ध्यान नदिई महसुल वृद्धि गरी घाटाबाट जोगिन खोजेको देखिन्छ । विद्युत् महसुल निर्धारण आयोगले प्राधिकरणसँग चुहावट घटाउने कुनै रणनीति र योजना नमागी उसैको मागअनुसार हुबहु रूपमा महसुल वृद्धि गरिदिएको हो ।

आयोगले सबै खाले उपभोक्तासित पहिलो पटक मासिक कम्तीमा ३० रुपैयाँदेखि बढीमा १० हजार रुपैयाँसम्म सेवा शुल्क लिन स्वीकृति दिएको छ । यसअघि प्राधिकरणले सेवा शुल्क लिने गरेको थिएन । न्यूनतम विद्युत् महसुल भने तोकिएको थियो, कुनै उपभोक्ताले विद्युत् खपत नगरेको अवधिको प्राधिकरणले न्यूनतम शुल्क लिने गरेको थियो ।

आयोगले २० युनिट वा त्योभन्दा कम बिजुली खपत गर्ने गरिब उपभोक्ताको बिजुलीको महसुलसमेत घुमाउरो पाराले वृद्धि गरेको छ । यसअघि २० युनिटसम्म बिजुली खपत गर्ने उपभोक्तालाई न्यूनतम महसुल ८० रुपैयाँ थियो, अर्थात् प्रतियुनिट ४ रुपैयाँ थियो ।

आयोगले २० युनिटसम्म खपत गर्ने उपभोक्ताको मूल्य प्रतियुनिट ३ रुपैयाँ तय गरेको छ । त्यस्ता उपभोक्ताले सेवा शुल्कबापत प्रतिमहिना ३० रुपैयाँ तिनुपर्नेछ अर्थात् २० युनिट खपत गर्ने उपभोक्ताले सेवा शुल्कसहित मासिक ९० रुपैयाँ तिनुपर्नेछ । फलस्वरूप त्यस्ता उपभोक्ताको बिजुलीको महसुल ११.२५ प्रतिशतले वृद्धि भएको छ । कम्युनिस्ट नेतृत्वको सरकारका पालामा गरिब उपभोक्तालाई विद्युत् महसुल घटाएको दाबी गर्दै सेवा शुल्कका नाममा महसुल बढाएको हो ।

५ एम्पियर मिटर जडान गरेका र प्रतिमहिना २१ देखि ३० युनिट बिजुली खपत गर्ने उपभोक्ताको बिजुलीको महसुल २० युनिटसम्म ३ र २१ देखि ३० युनिटको ७ रुपैयाँ तोकिएको छ, तर सेवा शुल्कको नाममा यो वर्गका उपभोक्ताको महसुलसमेत समग्रमा बढाइएको छ । यो वर्गका उपभोक्तालाई सेवा शुल्क प्रतिमहिना ५० रुपैयाँ लगाएको छ ।

५ एम्पियर मिटर जडान गरेका र ३१ देखि ५० युनिटसम्म बिजुली खपत गर्ने उपभोक्तालाई २० युनिटसम्म ३ र ३० युनिटसम्म ७ तथा ३१ देखि ५० युनिटको ८ रुपैयाँ ५० पैसा महसुल तोकिएको छ । यसअघि ३१ देखि ५० युनिटसम्मको बिजुलीको मूल्य ७ रुपैयाँ ३० पैसा थियो । यो वर्गका उपभोक्ताको सेवा शुल्क प्रतिमहिना ७५ रुपैयाँ तोकिएको छ ।

५१ देखि १ सय ५० युनिट बिजुली खपत गर्ने उपभोक्तालाई प्रतिमहिना सेवा शुल्क १ सय रुपैयाँ लगाइएको छ । यो वर्गका उपभोक्तालाई २० युनिटसम्म ३, ३० युनिटसम्म ७, ३१ देखि ५० युनिटको ८ रुपैयाँ ५० पैसा र ५१ देखि १ सय ५० युनिटसम्मको महसुल १० रुपैयाँ तोकिएको छ ।

१ सय ५१ देखि २ सय ५० प्रतियुनिटसम्म बिजुली खपत गर्ने ग्राहकलाई प्रतिमहिना १ सय २५ सेवा शुल्क तोकिएको छ । यो वर्गका उपभोक्तालाई २० युनिटसम्म ३, ३० युनिटसम्म ७, ३१ देखि ५० युनिटको ८ रुपैयाँ ५० पैसा र ५१ देखि १ सय ५० युनिटको महसुल १०, १ सय ५१ देखि २ सय ५० युनिटसम्मको महसुल ११ तोकिएको छ ।

२ सय ५१ देखि ४ सय युनिटसम्म बिजुली खपत गर्ने उपभोक्तालाई प्रतिमहिना १ सय ५० रुपैयाँ सेवा शुल्क तोकिएको छ । यो वर्गका उपभोक्तालाई २० युनिटसम्म ३, ३० युनिटसम्म ७, ३१ देखि ५० युनिटको ८ रुपैयाँ ५० पैसा र ५१ देखि १ सय ५० युनिटको महसुल १०, १ सय ५१ देखि २ सय ५० युनिटको ११ तथा २ सय ५१ देखि ४ सय युनिटको १२ रुपैयाँ तोकिएको छ ।

४ सयभन्दा बढी युनिट खपत गर्ने ग्राहकका लागि प्रतिमहिना १ सय ७५ रुपैयाँ सेवा शुल्क तोकिएको छ । यो वर्गका उपभोक्तालाई २० युनिटसम्म ३, ३० युनिटसम्म ७, ३१ देखि ५० युनिटको ८ रुपैयाँ ५० पैसा र ५१ देखि १ सय ५० युनिटको महसुल १०, १ सय ५१ देखि २ सय ५० युनिटको ११ तथा २ सय ५१ देखि ४ सय युनिटको १२ तथा ४ सयभन्दा बढी युनिटको १३ रुपैयाँ तोकिएको छ ।

१५ एम्पियरको मिटर राखेका उपभोक्ताका लागि भने सेवा शुल्क र खपतका आधारमा लाग्ने शुल्कको दरसमेत बढी छ । यो एम्पियरका मिटर राखेका उपभोक्ताका लागि सेवा शुल्क ५० देखि २ सय रुपैयाँ तोकिएको छ । यो वर्गका उपभोक्तालाई २० युनिटसम्म ४, ३० युनिटसम्म ७, ३१ देखि ५० युनिटको ८ रुपैयाँ ५० पैसा र ५१ देखि १ सय ५० युनिटको महसुल ११, १ सय ५१ देखि २ सय ५० युनिटको १२ तथा २ सय ५१ देखि ४ सय युनिटको १३ तथा ४ सयभन्दा बढी युनिटको १४ रुपैयाँ तोकिएको छ ।

३० एम्पियरको मिटर राखेका उपभोक्ताका लागि समेत सेवा शुल्क र खपतका आधारमा लाग्ने महसुलको दरसमेत वृद्धि गरिएको छ । यो एम्पियरका मिटर राखेका उपभोक्ताका लागि सेवा शुल्क ७५ देखि २ सय २५ रुपैयाँ तोकिएको छ । यो वर्गका उपभोक्तालाई २० युनिटसम्म ५, ३० युनिटसम्म ७, ३१ देखि ५० युनिटको ८ रुपैयाँ ५० पैसा र ५१ देखि १ सय ५० युनिटको महसुल ११, १ सय ५१ देखि २ सय ५० युनिटको १२ तथा २ सय ५१ देखि ४ सय युनिटको १३ तथा ४ सयभन्दा बढी युनिटको १४ रुपैयाँ तोकिएको छ ।

६० एम्पियरको मिटर राखेका उपभोक्ताका लागिसमेत सेवा शुल्क र खपतका आधारमा लाग्ने महसुलको दरसमेत वृद्धि गरिएको छ । यो एम्पियरका मिटर राखेका उपभोक्ताका लागि सेवा शुल्क १ सय २५ देखि २ सय ७५ रुपैयाँ तोकिएको छ । यो वर्गका उपभोक्तालाई २० युनिटसम्म ६, ३० युनिटसम्म ७, ३१ देखि ५० युनिटको ८ रुपैयाँ ५० पैसा र ५१ देखि १ सय ५० युनिटको महसुल ११, १ सय ५१ देखि २ सय ५० युनिटको १२ तथा २ सय ५१ देखि ४ सय युनिटको १३ तथा ४ सयभन्दा बढी युनिटको १४ रुपैयाँ तोकिएको छ ।

१० केभीएबाट थ्री फ्रेज विद्युत् उपभोग गर्ने ग्राहकलाई प्रतिमहिना सेवा शुल्क प्रतिमहिना ११ सय रुपैयाँ तोकिएको छ भने ४ सय युनिटसम्म खपत गर्नेलाई विद्युत् महसुल १२ र त्योभन्दा बढी खपत गर्नेलाई १४ रुपैयाँ तोकिएको छ । १० केभीएभन्दा बढीको लाइनबाट थ्री फेज बिजुली उपभोग गर्नेलाई १८ सय रुपैयाँ सेवा शुल्क तोकिएको छ भने ४ सय युनिटसम्म १२ रुपैयाँ ५० तथा त्योभन्दा खपत गर्नेलाई १४ रुपैयाँ ५० पैसा शुल्क तोकिएको छ ।

३३ केभीएबाट बिजुली उपभोग गर्ने ग्राहकलाई प्रतिमहिना १० हजार सेवा शुल्क तोकिएको छ । बिजुलीको मूल्य भने खपतअनुसार ११ देखि १३ रुपैयाँ तोकिएको छ । आयोगले प्राधिकरणको सिफारिसमा जडान शुल्क, क्षमता मिटरको क्षमता वृद्धि शुल्क, मर्मतलगायतका सबैजसो शुल्क वृद्धि गरेको छ ।


कान्तिपुर 


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget