Websoft University

www.radiomakalu.com || 021-522512


उत्तर कोरियाका नेता किम जोङ्ग अमेरिकी कालोसूचीमा


Kim-Jong-Unकाठमाडौं , असार २ गते । अमेरिकाले मानवअधिकार उल्लंघनको आरोपमा पहिलो पटक उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ्ग उनमाथि प्रतिवन्ध लगाएको छ ।
उत्तर कोरियामा भइरहेको मानवअधिकार उल्लंघनका लागि उन स्वयंम जिम्मेवार रहेको अमेरिकी वित्त मन्त्रालयले बताएको छ ।
उनका साथै उत्तर कोरियाका १० अधिकारीलाई पनि ब्लाकलिस्टमा राखिएको छ ।
यद्यपि अमेरिकाको यो कदमबारे उत्तर कोरियाले कुनै प्रतिक्रिया जनाएको छैन ।
अमेरिकाले लगाएको प्रतिवन्धको अर्थ अब यदि उनीहरुको व्यक्तिगत सम्पत्ति अमेरिकामा भए जफत हुनेछ । साथै उनीहरुले अमेरिकी नागरिक र संस्थासँग व्यापार पनि गर्न पाउँदेनन् ।
अमेरिकी वित्त मन्त्रालयको वक्तव्यमा भनिएको छ, किम जोङ्ग उनले उत्तर कोरियामा आफ्ना नागरिकमाथि असहनीय क्रुरता र अत्याचार गरेका छन् । जसमा अन्यायपूर्ण हत्या, वेपत्ता र यातना जस्ता अपराध पनि छन् ।’
अमेरिकी वित्त मन्त्रालयले उत्तर कोरियामा भइरहेको गतिविधिबारे एक रिपोर्ट पनि जारी गरेको छ । रिपोर्टका अनुसार उत्तर कोरियाको जेलमा ८० हजारदेखि १ लाख २० हजारसम्म कैदी छन् । उनीहरुलाई दैनिक यातना दिइन्छ र यौन उत्पीडनका साथै फाँसीम्म दिइन्छ ।’- अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget