Websoft University

www.radiomakalu.com || 021-522512


कांग्रेस, माओवादी र राप्रपा नेपालबाट सुरक्षा गोष्ठी बहिस्कार, प्रधानमन्त्रीबाट दुःख व्यक्त



काठमाडौं, असार ३० गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले आयोजना गरेको राष्ट्रिय सुरक्षा गोष्ठीमा सहभागी नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् ।

बिहीबार रक्षा मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषदले सुरक्षा गोष्ठी आयोजना गरेको थियो । कार्यक्रममा पूर्वप्रधानमन्त्रीद्वय देउवा, प्रचण्ड, सभामुख ओनसरी घर्ती र सत्ता साझेदार राप्रपा नेपाललाई पनि निमन्त्रणा गरिएको थियो । उनीहरू सबैलाई मञ्चमा अलग्गै आसनको व्यवस्था गरिएको थियो । तर, अनुपस्थित भएपछि आयोजकले मञ्चबाट उनीहरुको ‘नेम प्लेट’ हटाएका थिए ।

जब आफ्नो बोल्ने पालो आयो तब प्रधानमन्त्री ओलीले दुःख व्यक्त गरे । उनले सबै पूर्व प्रधानमन्त्रीहरुलाई निम्ता गरिएको तर प्रमुख दलको नेतृत्वमा रहेका पूर्वप्रधानमन्त्री नै कार्यक्रममा अनुपस्थित हुनु चिन्ताको विषय भएको बताए ।

राष्ट्रिय सुरक्षा सबै दलको साझा सरोकारको विषय भएको भन्दै उनले यस विषयमा सबैको समान धारणा बनाउन आवश्यक रहेको बताए ।- अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget