काठमाडौं, असार २९ गते । प्रमुख दलहरू आन्तरिक छलफल र परामर्शहरूमा व्यस्त भएपछि संसदको बैठक अपरान्ह तीन बजेसम्मका लागि सूचना टाँस गरी स्थगित गरिएको छ ।
![](http://www.onlinekhabar.com/wp-content/uploads/2016/04/CA-Building.jpg)
बुधबार बिहान ११ बजेका लागि बोलाइएको बैठक विशेष कारण जनाउँदै संसद सचिवालयले बैठक स्थगित गरेको हो ।
संसदको कार्य सूचीअनुसार बुधबार आर्थिक वर्ष २०७३/७४को बजेट पारित गर्ने कार्यक्रम छ ।
नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन मंगलबार फिर्ता लिएपछि विकसित नयाँ राजनीतिक परिस्थितिको प्रभाव संसद बैठकमा पनि परेको छ ।
संसद भवनमा कांग्रेस र माओवादी संसदीय दलको छुट्टा छुट्टै बैठक बसेको छ ।-अनलाइनखबरबाट

Post a Comment