Websoft University

www.radiomakalu.com || 021-522512


तीज नजिकिँदै गएपनि सुनको कारोबार बढेन, दैनिक १० किलोमात्र खपत


gold
काठमाडौ ,साउन १५ गते । अन्तर्राष्ट्रिय बजार मुल्यमा आएको परिवर्तनले सुनको भाउ महंगिएपछि नेपाली बजारमा सुनको कारोबार ह्वात्तै घटेको छ ।बेलायत ईयुवाट बाहिरिने निर्णयसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आकाशिएको थियो । सोही प्रभावले नेपालको सुन बजारपनि प्रभावित वनेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अहिले सामान्य अवस्थाको तुलनामा ३० देखि ३५ प्रतिशत मात्र सुनको कारोबार भईरहेको छ । विगतका वर्षहरुमा सामान्य अवस्थामा पनि २५ किलो सुन खपत हुने गरेको थियो । यस्तै, मुख्य सिजनमा दैनिक ३५ किलो सम्म खपत हुने सुन अहिले सरदर १० किलोमा झरेको छ । विगत एक महिनादेखि सुनचाँदीको व्यापार घटेको महासंघका अध्यक्ष मणीरत्न शाक्य बताउँछन् । बजार भाउमा देखिएको उत्तरचढावकै कारण सुनचाँदी व्यवसायीलाई समेत आफ्नो व्यवसाय धान्न कडिन भैरहेको उनको भनाइ छ । खासगरि, साना व्यवसायी भाउ वृद्धिवाट प्रभावित बनेका छन् । ‘विगत दशवर्ष यताकै कम कारोवार भईरहेको छ, देशभर अहिले २२ हजार पसलवाट १० किलो सुनको कारोवार छ’, उनले भने, ‘तीज आउन एक महिनामात्र वाँकी रहदा यस्तो अवस्था आउनुले साना लगानीमा व्यवसाय गर्ने व्यक्ति व्यवसायवाटै पलायन हुने अवस्था रहेको छ ।’ उनका अनुसार अहिले दैनिक ५० किलो पुराना गहरगहना फिर्ताका लागि आउने गरेका छन् । भाउ वढेकाले पुराना गहना फिर्ताका लागि ग्राहकको भीड वढेको छ । त्यसोत भाउ वृद्धिसँगै भूकम्प र नाकावन्दीपछि आकासिएको नेपालको वजार मुल्य वृद्धिले आम उपभोक्ता प्रभावित वनेको शाक्यको वुझाई छ । सोही कारण मुख्य सिजनमा समेत सुनको कारोवार हुन सकिरहेको छैन । विगतमा भने यो समय सुन पसलमा ग्राहकको भीड वढ्ने गरेको थियो । पछिल्लो साता नेपाली बजारमा सुनको भाउ प्रतितोला ५८ हजार ९ सय रुपैयाँ पुगेको छ । नेपाली बजारमा बिवाहको सिजन र तीज, दशै, तिहार जस्ता चाडवाडमा बढी सुनको कारोवार हुन्छ । तर, भाउ वढेकाले यो बर्षको असारमा पनि कारोवार कम भएको छ । अहिले तीज नजिकिंदै गरेको भएपनि सुनको कारोवार विगतको जस्तो नभएको व्यवसायी बताउँछन् । कारोवारमा सुधार नदेखिका कारण व्यवसायीले बैंकवाट सुन खरिद समेत गर्न छाडेका छन् । बैंकले दैनिक २० किलो सुन उपलव्ध गराउँदा समेत विगतमा माग धान्न नसकेर सिजनमा ३५ किलो सम्म माग गर्ने व्यवसायी अहिले दैनिक १० किलोका लागि समेत बैंक गएका छैनन । व्यवसायीले माग नगरेपछि सुन विक्रि नभएको बैंकहरुले जनाएका छन् ।-किरण ढकाल, रातोपाटी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget